
बच्चु विक, टीकापुरबाट
७ भदौमा टीकापुरमा हत्या गरिएका डेढ वर्षीय बालक टेकेन्द्र (टेकु) लाई ताकेरै गोली हानिएको उनका अभिभावकले बताएका छन् ।
आँगनमा खेलिरहेका टेकु साउदलाई नजिकैकोे मकैबारीबाट गोली हानिएको उनका बुवा नेत्र साउदले बताए ।
सशस्त्र प्रहरी बलको टीकापुरस्थित उग्रतारा गणमा कार्यरत सशस्त्र प्रहरी हवल्दार नेत्र त्यो दिन सादा पोशाकमा ड्यूटीमा थिए ।
त्यस दिन टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको र आफूहरु निकै डराएको उनकी बहिनी दुर्गाले खबर गरेपछि नेत्र घरमा आएका थिए । एसएसपी लक्ष्मण न्यौपाने सहित ७ जना सुरक्षाकर्मी मारिएको पशुहाट बजार चोकबाट करिब ३ सय मिटर पूर्व टीकापुरतिर नेत्रको घर छ ।
“पशुहाट चोकमा घटना भएको करिब एक घण्टापछि गाउँ पसेको समूहले ताकेरै बाबुलाई गोली हान्यो” आगनमै रहेकी दुर्गाले हिमालखबरसँग भनिन् ।
“टेकु खेल्दै थियो । पछाडिबाट पाँच राउण्ड गोली हाने । सबै भित्र गयौं । बाबुलाई बोकेर दाई पनि भित्र पसे,” दुर्गाले भनिन् ।टेकन्द्रलाई घरमा टेकु भनेर बोलाउने गरिएको थियो । प्रहरी हवल्दार नेत्र साउदको टीकापुरस्थित घर जहाँ उनका छोराको हत्या भयो ।
प्रहरी हवल्दार नेत्र साउदको टीकापुरस्थित घर जहाँ उनका छोराको हत्या भयो ।टेकुलाई आँगनबाट भित्र लग्दा रगत बगेको देखेपछि मात्रै गोली लागेको थाहा भएको नेत्र बताउँछन् ।“पहिले गोलीको आवाज मात्रै सुनिएको थियो, टाउको पछाडि गोली लागेको रहेछ । पुरै रगत बग्न थाल्यो । भूइँमा राख्दा ढलिहाल्यो,” सशस्त्र प्रहरी हवल्दार नेत्र भन्छन्, “सामान्य मान्छेले यसरी ताकेर हान्न सक्दैनन् । तालिम प्राप्त सुटर नै हुुनु पर्छ ।”
करिब ३० फिट टाढाबाट गोली हानिएको उनले अनुमान गरे ।एसएसपी र इन्स्पेक्टरबाट खोसिएको पेस्तोलबाटै गोली हानिएको नेत्रको भनाई छ ।“मलाई थाहा छ, पेस्तोल नै हानिएको । आवजबाटै थाहा भइहाल्छ नि” उनले भने ।नेत्रका दाइ पूर्ण बहादुर साउद सशस्त्र प्रहरीका डिएसपी हुन् ।प्रहरीको परिवार भन्ने थाहा पाएरै आएका व्यक्तिहरुले गोली हानेको स्थानीय बासिन्दा बताउँछन् ।डेढ वर्षीय बालक टेकुकी आमा यशोदा बोल्न सक्ने अवस्थामा छैनन् । गाउँ नै शोकमा डुबेको छ ।- हिमाल खबरपत्रिका
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्