
काठमाडौं, ९ भदौ । कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा मंगलबार हत्यामा संलग्न दश जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, जोशिपुर-४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मनुवा–१ बस्ने २० वर्षीय रामकुमार खठरिया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया, मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनका क्रममा सोमबार टीकापुरको मनुवा गाविस-६ सिमल चौराहमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।- दैनिक नेपाल मा खबर छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्