
काठमाडौं,भदौ ९–पुर्व आईजिपी अच्युतकृष्ण खरेलले गृहमन्त्रीको गलत आदेशले कैलालीमा ठुलो दुर्घटना भएको बताएका छन् ।
उनले भने , ‘सेती अंचल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेलाई गृहले शक्ति प्रयोग नगर्नु भनेर परिपत्र गरेको रहेछ ।’ आफु प्रहरी प्रमुख हुँदा पनी बामदेवले माओवादी विरुद्ध हतियार नचालाउने आदेश दिएको उल्लेख गर्दै खरेलले भने, ‘पुलिस प्रति सधैं नकारात्मक सोचाई राख्ने गृहमन्त्रीका कारण नेपाल प्रहरीको मोरल डाउन हुँदै गएको छ ।’
नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह लगायतका तिन जना नेताहरुले जातिय द्वेश फैलाउने अभिब्यक्ती दिँदा पनी सरकार लाचार भएकोमा आपत्ति जनाउँदै उनले भने, ‘त्यस्ता विवादास्पद अभिब्यक्ति दिँने सभासद्लाई कारवाही गर्न नसक्ने सरकारी नेतृत्व पनि कैलाली घटनाको मुख्य कारण हो ।’ आफु आईजिपी हुँदा सहयोगीको भुमिकामा रहेका प्रहरी अधिकारी पनी कैलाली, कंचनपुर तिर रहेको भन्दै उनिहरुका अनुसार भाडामा प्रदर्शनकारी लगिएको सुचना आफुले पाएको खरेलले दावी गरे । त्यस्तै आन्दोलनमा ज्यान गुमाउने प्रदर्शनकारीलाई दश लाख दिने तर सोही क्रममा ज्यान गुमाउने प्रहरीले साँढे सात लाख मात्र पाउने गतल सरकारी नितीले आन्दोलनकारीको मनोवल बढेको उनले बताए ।-रातोपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्