
थरुहट, थारुवान संयुक्त संघर्ष समिति तथा कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् र नेताहरुले सोमबार टीकापुरमा भएको घट्नाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले सरकारले सुनियोजित ढङ्गले टीकापुर घटना घटाएको आरोप लगाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने जिकीर गरे ।
सरकारले अहिले पनि कैलालीमा सेनाको उपस्थितिमा हिंसा भड्काउने कार्य गरिरहेको भन्दै उनीहरु तत्काल सेना नहटाए त्यसबाट सृजना हुने सबै किसिमको अवस्थाको सरकार जिम्मेवार हुने चेतावनी दिए । कैलाली र कञ्चनपुर छुट्याउन नदिने भन्दै उनीहरुले मंगलबार पनि सुरक्षाकर्मीको सहयोगमा थारुहरुको घर जलाउने, तोडफोड गर्ने, थारुहरुलाई पक्राउ गर्ने कार्य भइरहेको बताए । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक धनिराम चौधरी, सभासद जनक चौधरी, रुक्मणी चौधरी, सुरेन्द्रप्रसाद चौधरी लगायतका कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् तथा नेताहरुको सहभागिता थियो ।- मिडिया एन पी टिभी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्