Skip to content
LAXMI SUNRISE BANK

अपडेट : टिकापुरमा हवाई फायर, धनगढ़िमा कर्फ्यु, सयौं घाइते

अर्थ सरोकार

काठमाडौँ ८, भदौ । कर्फ्युको अबज्ञा गर्दै आज पनि कैलालीको टीकापुरमा प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् । निषेधाज्ञा तोडेपछि प्रहरीले भीड नियन्त्रण लिन चार राउन्ड हवाइ फायर गरेको छ।

टीकापुर अस्पतालमा रहेका शव उठाउन खोजेपछि प्रदर्शनकारीहरुले अस्पताल घेराउ गरेर नाराबाजी गरेका थिए। सोमबार मृत्‍यु भएकाहरुको शव काठमाडौं ल्‍याउने तयारी गरेको छ। उता  धनगढीमा पनि अप्रिय घटना हुन् नदिन  बिहान ११ बजेदेखि साँझ ७ बजेसम्‍म कर्फ्‍यु लागइएको छ। प्रमुख जिल्‍ला अधिकारी राजकुमर श्रेष्ठका अनुसार कैलालीका ६ वटा गाविस  मनुवा, जोखिमपुर, नारायणपुर, धनसिंहपुर, पथरैया, दुर्गौली र टीकापुर नगरपालिकामा कर्फ्‍यु आदेश जारी गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK