भदौ-८, काठमाडौं ।
कैलालीमा भएको झडपबाट ठुलो घटना प्रति गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदको आकस्मिक बैठक बोलाएर जानकारी दिएका छन् । बैठकमा बोल्दै गृहमन्त्री गौतमले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने निर्देशन दिएका छन् । झडप निम्त्याएर प्रहरी माथि नै ठुलो आतंक मच्चाउने त्यस्ता आन्दोलनकारीलाई गोली चलाउन आदेश समेत दिएका छन् ।
कैलालीमा आन्दोलनका नाममा सोमबार एसएसपी, इनिस्पेक्टर सहित २१ प्रहरी सहित २४ को मृत्यु भए लगतै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो ।
गृहमन्त्री गौतमले आक्रमणकारीले प्रहरीहरुलाई जिउँदै आगो लगाएकोसमेत जानकारी दिए । आक्रमणकारीहरु गाउँमा गएर लुकेको सूचना प्राप्त भएको पनि उनले जानकारी दिए ।
यता रौहहटमा पनि दक्षिणतिरबाट मानिसहरु सदरमुकामतर्फ आइरहेको तथा सर्लाहीमा पनि त्यस्तै भइरहेको भन्दै दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको गृहमन्त्री गौतमले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्