Skip to content
LAXMI SUNRISE BANK

सनराईजले लगानीकर्तालाई आशा मात्रै देखायो

अर्थ सरोकार

सनराईज बैंकले लिएको गत आर्थिक बर्षमा ६० करोड खुद नाफा कमाउने लक्ष्य भने पुरा नभएको खबर छ । बैंकले जम्मा ४७ करोड मात्र खुद नाफा गर्न सकेको छ । बैंकले ४१ करोड जोखिम कोषबाट फिर्ता गरे पनि ४६ करोड प्रोभिजन गर्नु परेकाले खुद नाफामा असर परेको बताइएको छ भने ब्याज आम्दानीमा उल्लखनीय बृद्धि नहुनाले बैंकले लिएको लक्ष पूरा नभएको हो।

 सनराईजको गत बर्षको प्रति शेयर आम्दानी १९ रुपैयाँ छ । बैंकले निस्क्रिय कर्जा अनुपातलाई ४.९४ बाट २.९० मा झार्न सफल भएको छ भने जगेडा कोषमा ९३ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

बैंक आफैले बोनस शेयर दिएर आठ अर्ब चुक्ता पूँजी पुर्याउन सक्ने बिस्वासिलो आधार नभएकाले ठूलो मात्रामा हकप्रद जारी गर्ने, अन्य साना कम्पनीहरुलाई आफुमा मिसाउने वा अरु बाणिज्य बैंकसँग मर्जमा जाने विकल्प खोज्नुपर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK