×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाशलाई उत्कृष्ट वित्तीय पुरस्कार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कैलाशलाई उत्कृष्ट वित्तीय पुरस्कार

Artha Sarokar

२२ श्रावण २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाश विकास बैंकलाई उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गरेको भन्दै प्रथम पुरष्कार प्रदान गरिएको छ । आर्थिक वर्ष २०७१–७२ मा वार्षिक वित्तीय प्रतिवेदन नेपाल चार्टर्ड एकाउन्टेन्टस्  संस्थाले निर्धारण गरेका आवश्यक मापदण्ड पुरा गरी बनाएकोले बैंक पुरष्कृत भएको हो ।

संस्थाले हरेक वर्ष प्रदान गरिने विकास बैंक तथा वित्त कम्पनी समूह मध्येको उत्कृष्ट वित्तीय प्रतिवेदन प्रथम पुरस्कार कैलाशलाई प्राप्त भएको हो । संस्थाले प्रकाशित गरेको वार्षिक वित्तीय प्रतिवेदनलाई उत्कृष्ट प्रतिवेदनको रुपमा पुरष्कृत गरेकोमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाप्रति बैंकले आभार प्रकट गरेको छ ।

बैंकले पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता सहित निरन्तर उत्कृष्ट सेवा प्रदान गर्नेे प्रण गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । निरन्तर रुपमा आफ्नो कारोवार बृद्धि गर्दै अघि बढीरहेको बैंकले चुक्ता पूँजी ८९ करोड ५३ रुपैंया कूल निक्षेप ८ अर्ब ९९ करोड, कूल कर्जा रु.७ अर्ब ९४ करोड तथा संचालन मुनाफा ४० करोड ४५ लाख बनाएको छ ।

हालसम्म विभिन्न जिल्लाका २४ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सुविधा सहित १४ वटा एटिएम मेशिन मार्फत आफ्नो सेवा प्रदान गर्दै छ । निकट भविष्यमा चितवन र गोरखामा १-१ वटा शाखा थप गरी कारोवार संचालन गर्ने तयारी भएको बैंकले जानएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी