मोबाइल फोनको कम्पनी माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल – माइक्रोम्याक्स बोल्ट डी३२० – बजारमा उपलब्ध गराएको छ ।
यो नयाँ माइक्रोम्याक्स बोल्ट डी३२०मा एन्ड्रोयड किटक्याट ४.४.२ अपरेटिङ सिस्टम रहेको छ भने १.२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको छ जसले गर्दा फोनमा हुने दिनदिनैका काम गर्न र सबै प्रकारका मल्टिमिडिया चलाउन निकै सरल हुने कम्पनीले जनाएको छ ।
यसका साथै माइक्रोम्याक्स बोल्ट डी३२०मा ४.५ इन्चको स्क्रिन रहेको छ । यी प्रभावशाली विशेषताहरुका साथै यस फोनमा एलइडी फ्लायसहितको ३.२ मेगापिक्सलको प्राइमरी क्यामरा र २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
यी सुविधाहरुका साथसाथै माइक्रोम्याक्स बोल्ट डी३२०मा ५१२ एमबी र्याम र ४ जिबीको रोम रहेको छ । यसमा ३२ जिबीसम्म सम्म लाग्न मिल्ने मेमोरी छ र यी सबै सुविधाहरु सरलताका साथ चलाउन १६०० एमएएचको लिथियम ब्याट्रि छ । अब माइक्रोम्याक्स बोल्ट डी३२० को बाजर मूल्य ७ हजार ३७० तोकिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्