काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङले टाटा मोटर्सका नयाँ स्पोर्टी ह्याचब्याक बोल्ट नेपाली बजारमा ल्याएको छ।भारतको पुनेको पिम्प्री प्लान्टमा निर्मित बोल्ट कम्पनीको होरिजोनेक्स्ट फिलोसोफी अन्तर्गतको अत्याधुनिक कारमध्येमा पर्ने कम्पनीले जनाएको छ।
नेपाली बजारमा २३ लाख ९५ हजारबाट सुरु हुने कार १.२ टि पेट्रोलको लागि उपलब्ध छ भने डिजेलतर्फ यसको २८ लाख ३५ हजार पर्दछ। कार शुक्रबारदेखि देशभर छरिएका सिप्रदीको १६ वटा डिलरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।नागरिकमा समाचार छ ।
गाडी सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्स, दक्षिण पूर्व एसिया, प्यासेन्जर भेहिकल बिजनेस युनिटका रिजनल म्यानेजर सुजन रोयले ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पूरा गर्नका निमित्त सबैले रोजेको र खोजेको नयाँ स्पोर्टी ह्याचब्याकमा ल्याएको बताए।
उनले विभिन्न आकर्षक विशेषताहरु सहितको स्टाइलिस कार बोल्टले ग्लोबल डिजाइन र स्तरलाई प्रत्याभूत गर्ने जसले नयाँ ग्राहक एवं गाडी प्रयोगकर्तालाई समेत यस उत्पादनप्रति ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए।
यो इन्डिया, युके र इटलीको समूहद्वारा डिजाइन गरी सञ्चालनमा ल्याइएको उत्कृष्ट कार भएको र उत्कृष्ट उत्पादन प्रदान गरी ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे।
सोही अवसरमा सिप्रदी टे्रडिङका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले अटोमोटिभ इन्जिनियरिङ क्षेत्रमा बोल्ट कार विशेष सुविधा तथा अत्याधुनिक प्रविधि भएको आकर्षक कार भएको कुरा व्यक्त गरे। यसै क्रममा सिप्रदीले आकर्षक विशेषताहरु भएको र इन्धनको बचत गर्ने उपयोगी कार नेपाल भिœयाउन पाएकोमा आफुहरु हर्षित भएको बताए।
बोल्टको व्यवसायिक उद्घाटनसँगै टाटा मोटर्सले सो गाडीमा ४ वर्षको वारेन्टी वा ७५ हजार किमी (जुन पहिला आउँछ त्यही) प्रदान गर्ने घोषणा गरेको छ।
यसमा बाहिरी सुन्दरताले ठूलो ह्याचब्याकको अनुभवलाई अझ विस्तार गर्दछ। यसमा फ्लेम आकारमा भएको रियर टेलल्याम्प र आकर्षक बम्परले पनियसको बोल्ड र स्पोर्टी लुकलाई प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ।
इन्टिरियरहरुलाई कालो जाभा ड्यासबोर्डको साथमा निर्माण गरिएको छ। अटो सूचना र मनोरञ्जनको लागि कारको केन्द्रीय भाग अर्को एउटा अभिन्न भाग भएको कम्पनीले उल्लेख गरेको छ । यसमा नयाँ पुस्ताको टाटा सिग्नेचर थि्र स्पोक स्टेरिङ ह्विल जसमा इकोनोमिक ग्रुभ, ड्राइभर सेन्ट्रिक ककपिट, हावाका लागि उपयुक्त भेन्टलगायत अन्य विशेषताहरु रहेको छ।
सामान राख्ने स्पेसको लागि आवश्यकता अनुसार स्पेस र आरामदायी विशेषताद्वारा निर्माण गरिएको छ। बोल्ट भेनेटिएन रेड, प्रिस्टिन ह्वाइट, प्लाटिनम सिल्भर, स्काइ ग्रे, डुन बेइज पाँच रंगमा उपलब्ध छ।
अटोमोटिभ रिसच इन्डियाका अनुसार, परीक्षण अवस्थामा १.२ टि रिभोटर्नले १७.५७ किमी प्रतिलिटर र डिजेलतर्फ २२.९५ किमी प्रतिलिटर फ्युल क्षमता रहेको जनाएको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्