बैंक तथा वित्तीय संस्थाहरुले नियमित कामका लागि कर्मचारी ‘आउट सोर्स’ गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले नयाँ व्यवस्था गर्दै आउटसोर्स गर्न प्रतिबन्ध लगाएको हो । ‘इजाजतपत्र संस्था (बैंक तथा वित्तीय संस्था) ले कोर बैंकिङ सर्भिसका लागि आउट सोर्समार्फत नियुक्त कर्मचारीबाट कार्यसम्पादन गर्न÷गराउन पाइने छैन,’ निर्देशनमा भनिएको छ ।
प्राय आउट सोर्स कर्मचारी सस्ता हुने र बैंक ले विभिन्न सुविधाहरु पनि कम दिए हुनाले प्राय ठुला बैंक तथा वित्तीय संस्थाहरुले आउट सोर्स कर्मचारी राख्ने गरेका छन् ।
स्थायि प्रकृतिका कर्मचारीको सप्पूर्ण तथ्यांक बैंक तथा वित्तीय संस्थासँग हुन्छ, स्थायि भएका कारण उसले पाउने लाभ पनि धेरै हुन्छ । नाफाबाट वोनस, बिमा सुविधा, औषधि उपचार तथा बिदाको सुविधा हुने भएकाले यस्ता कर्मचारीबाट जोखिम कम हुने निष्कर्ष केन्द्रीय बैंकको छ ।
राष्ट्र बैंकले ल्याएको यो नियम सँगै कर्मचारीहरु आउट सोर्स गर्ने कम्पनीहरु भने मर्कामा परेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्