Skip to content
LAXMI SUNRISE BANK

कुमारी र सेञ्चुरी बैंकद्वारा राष्ट्र बैंकको निर्देशन उल्लंघन

अर्थ सरोकार

कुमारी र सेञ्चुरी बैंकले  नेपाल राष्ट्र बैंकको निर्देशनको खिल्ली उडाएका छन् । राष्ट्र  बैंकले दिएको निर्देशन पालना नगरी यी बैंक हरु मनलाग्दी हिसावले चलिरहेका छन् ।

राष्ट्र बैंकले  गत फागुन २९ गते प्रमुख कार्यकारी पद रिक्त रहेको तीन महिनाभित्र पुर्ति गरिसक्नु पर्ने निर्देशनको दुई बैंकले ठाडो उल्लङघन गरेका हुन् । कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकले राष्ट्र बैंकको निर्देशनलाई टेरेका छैनन् । हाल यी बैंकहरुले कामु अधिकृतले काम चलाइरहेका छन् ।
कुमारी बैंकको व्यवस्थापन कामु प्रमुख कार्यकारीका रुपमा राजिब गिरि र सेञ्चुरी बैंकको अनुजमणि तिमिल्सिनाले हेरिरहेका छन् । भुकम्प, मौद्रिक नीतिजस्ता कारणले त्यतातिर ध्यान नपुगेको भन्दै केन्द्रीय बैंक स्रोतले भने कारवाही हुने बताएको छ । स्रोतले  सञ्चालक समितिलाई बोलाएर कडा निर्देशन दिइने बताएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK