काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाको नाफा सार्वजनिक भईरहेका बेला नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षमा पाँच करोड नाफा बढाएको खबर छ । बैंकले एक वर्षमा ७९ करोड रुपैयाँ खुद नाफा कमाएको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७४ करोड रुपैयाँ थियो । यसैगरी बैंकले खुद व्याज आम्दानी निकै बढाएको छ भने व्याज आम्दानी २३ करोड ७७ करोड बढेको छ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब नौ करोड रुपैयाँ व्याज आम्दानी गरको छ । बैंकले अघिल्लो वर्ष भने ८५ करोड २५ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।
बैंकले गत आर्थिक वर्षमा नोक्सानी व्यवस्थाका लागि छुट्याएको मध्ये ११ करोड रुपैयाँ राइट व्याक गरेको बताइएको छ । बैंकले यो वर्ष नोक्सानी व्यवस्थाका लागि सात करोड ७५ लाख रुपैयाँ संभावित नोक्सानका लागि प्रोभिजन गरेको छ । अन्य सञ्चालन खर्च केही थपिएको छ भने बैंकले गर्ने खर्च मध्ये कर्मचारी खर्च र बोनस र कर पनि बढेको छ । व्याज खर्च नौ करोड रुपैयाँ बढेको छ ।
औतस स्प्रेड दर ४.४३ प्रतिसत रहेको बैंकको खराव कर्जाको मात्रा १.३२ प्रतिसत मात्रै रहेको छ भने बैंकले निक्षेप आठ अर्ब रुपैयाँ र कर्जा लगानी ६ अर्ब रुपैयाँ बढाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्