
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुलिस लयमा निरन्तर अगाडी बढिरहेको सेयर बजारमा पछिल्लो समय करेक्सन देखिन थालेको छ। आज बढ्ला, भोलि बढ्ला भन्दाभन्दै बजार निरन्तर ओरालो लाग्न थालेपछि साना लगानीकर्ताहरु आत्तिएका छन् । तर अहिलेको बजार बुलिस लयमा नै भएकाले बजार अझ माथि जाने जानकारहरुको ठम्याई छ ।
यसैबीचमा आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सेयर बजारमा साना ठुला करेक्सन आउनु सामान्य भएको बताएका छन्। अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले अहिलेको बजारमा देखिएका करेक्सनहरु सामन्य भएको र बजार बुलिस लयमा नै भएकाले आत्तिनु नपर्ने बताएका हुन्।
उनले आफ्नो कम्पनीले ल्याएको आरबीबी म्युचुअल फन्ड ले पनि विस्तारै तर राम्रो रिटर्न दिने अपेक्षा राखेको बताएका छन्। उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति, आरबीबी म्युचुअल फन्ड लगायतका विषयमा कुराकानी गरेका छौं। हेर्नुहोस् यो अन्तर्वार्ता :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्