काठमाडौं । सिभिल बैंक लिमिटेडेले सार्वजनिक गर्न लागेको १ हजार अंकित दरको ३० लाख कित्ता डिबेन्चरको प्रत्याभूती ४ कम्पनीले गर्ने भएको छ । बैंकको ३ अर्ब रुपैयाँ बराबरको ‘९% सिभिल बैक डिबेन्चर २०८८’ को प्रत्याभूती नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडले गर्ने भएको हो ।
यस सम्बन्धी सिभिल बैंक लिमिटेड तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडबीच प्रचलित धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम मिति २०७७/०४/०३ गते प्रत्याभूती सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिभिल बैंकले निष्कासन गर्ने ‘९% सिभिल बैक डिबेन्चर २०८८’ डिबेन्चरहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भए बमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । यस क्रममा प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटल लिमिटेडले ३५ करोड, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडल ३५ करोड बरावरको डिबेन्चर पत्याभुति गर्ने सम्झौत गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्