×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा सामुदायिक लघुवित्तले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जाल्पा सामुदायिक लघुवित्तले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

Artha Sarokar

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । यस आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

साथै यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । आइपीओ निष्कासन सम्बन्धी कार्य गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरिसकेको छ । यता कम्पनीले आइपीओ निष्कासन गर्नको लागि अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी