×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजदूत नजिबुल्लाह अलिखिलकी छोरी अपहरण, अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजदूत नजिबुल्लाह अलिखिलकी छोरी अपहरण, अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन माग

Artha Sarokar

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाकिस्तान । पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रबार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश मन्त्रालयले जनाएका छन् ।

पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी कुटपिट गरिएको बीबीसीले जनाएको छ । सिलसिलालाई अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखेका थिए । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइएको छ । प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको थियो । परीक्षण गर्दा उनको शरीरमा विभिन्न ठाउँमा चोट लागेको देखिएको छ ।

आफ्ना राजदूतकी छोरीको अपहरण भएपछि शनिबार विज्ञप्ति निकाल्दै अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आपराधिक कामको भत्सर्ना गरेको छ । घटनाको छानबिन गरी उनको अपहरणमा संलग्नलाई जतिसक्दो छिटो कानुनी दायरामा ल्याउन पनि अफगानिस्तानले माग गरेको छ । आफ्ना कूटनीतिज्ञको सुरक्षा सुनिश्चित गर्न पनि अफगानिस्तानले भनेको छ ।

पाकिस्तानले अफगान राजदूतको सुरक्षा बढाइएको र प्रधानमन्त्री इमरान खान अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन भनेको बताएको छ । राजदूतकी छोरीलाई कसले अपहरण गरेको हो भन्ने अझै खुलिसकेको छैन । पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी र नाटो मुलुकका सैनिकहरू फिर्ता भएपछि त्यहाँ हिंसाका घटना बढेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी