इस्लामावाद । पाकिस्तानको मुख्य विपक्षी दलसहित पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल एन)लगायतले प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छन् । पाकिस्तान प्रशासित काश्मीरमा सरकारले विनियोजन गरेको बजेटमा ठूलो विभेद गरेको भन्दै सोमबार उनीहरुले नाराबाजी गर्दै इमरान खान सरकारको विरोध गरेका हुन् ।
पीपीपी कार्यकर्ताहरूले २०२१ को बजेटमा क्षेत्रको विकासका लागि भेदभावपूर्ण कोष विनियोजनको लागि गिलगिट, स्कार्डू र घान्चे क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । साथै रकम विनियोजनमा भएको असमानताकाविरुद्ध बलवारिस्तान राष्ट्रिय मोर्चाका नवाज खान नाजी र पाकिस्तान मुस्लिम लीग नवाजका गुलाम मोहम्मदको आह्वानमा घिसेर जिल्ला सदरमुकाम गहकुचमा पनि विरोध प्रदर्शन गरिएको थियो ।
पार्टी कार्यकर्ताहरूले पुरानो टायर जलाएर सरकार र मुख्यमन्त्री खालिद खुर्शीद खानको विरूद्ध नारेबाजी गर्दै काराकोरम राजमार्ग लगायत सडक अवरुद्ध गरेका छन् । जीबी सभाका विपक्षी नेता अमजद हुसेन एडभोकेटले रकम वितरणमा भेदभाव अस्वीकार्य भएकोमा जोड दिएका छन् । उनले फण्ड वितरणमा विपक्षी सदस्यहरुलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । उनले यदि पाकिस्तान तहरीक ए इन्साफ सरकारले आफ्नो नीति पुनरावलोकन नगरेमा आन्दोलनका कार्यक्रमहरु थप विस्तार गरिने चेतावनीसमेत दिएका छन् ।