इस्लामाबाद । पाकिस्तानले अफगानिस्तानसँग व्यापार समस्या बेहोरेको छ । चालु आर्थिक बर्षमा अफगानिस्तानमा पाकिस्तानी निर्यातदर घट्दो क्रममा छ । पाकिस्तानी उत्पादनको मुख्य बजारहरुमध्ये एक छिमेकी अफगानिस्तानमा निर्यात घटेपछि पाकिस्तानलाई व्यापार घाटा भएको हो ।
पाकिस्तानको चालु आर्थिक बर्षको पहिलो नौ महिनामा अफगानिस्तानमा निर्यात दर ७९ करोड अमेरिकी डलर बराबरबाट ७४ करोड अमेरिकी डलर बराबरमा अर्थात ५ दशमलब ५ प्रतिशतले घटेको हो । अफगानिस्तानमा उत्पादन सामाग्रीहरु निर्यात घटेर व्यापारी तथा मुलुक दुबै पक्षलाई नोक्सान पुग्ने पाकिस्तानी व्यापारीहरुले बताएका छन् । विगत केही बर्ष यता अफगानिस्तानमा पाकिस्तानी निर्यात दुई अर्ब अमेरिकी डलर बाट ७० करोड अमेरिकी डलरमा झरेको छ।
पछिल्लो समय अफगानिस्तानले पाकिस्तानी बजार छोडेर भारत, इरान तथा मध्य एसियाली छिमेकीहरुको विकल्प लिईरहेको कारण पाकिस्तानको सिमेन्ट तथा फलामका सामाग्रीको निर्यात घटेको बताईएको छ । पाकिस्तान र अफगानिस्तानबीच गैर शुल्क बाधा, उदासीन प्रशासन, कमजोर पूर्वाधार तथा अस्थीर भू राजनीतिले व्यापार क्षेत्र असर पारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्