ARCHIVE
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त
काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको सञ्चालक समिति अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघिका अध्यक्ष हेमन्त भार्गवले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कुमारलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।