ARCHIVE
काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार हुँदै, हालसम्म एक हजार १३६ जना संक्रमित फेला
अर्थ सरोकार सम्बाददाता काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’कक्षमा, ३४ जना आइसीयु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार लक्षण देखिएका संक्रमितलाई आइसीयुकक्षमा राखिएको छ । उपत्यकामा हालसम्म एक हजार १३६ जनामा[...]