×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटै क्षेत्रको जीवनसाथी रोज्ने नेपाली कलाकारहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एउटै क्षेत्रको जीवनसाथी रोज्ने नेपाली कलाकारहरु

Artha Sarokar

१ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

एउटै क्षेत्रको जीवनसाथी रोज्ने नेपाली कलाकार थुप्रै छन् । यसको जति फाईदा छ, उति नै बेफाईदा पनि छ । कतिपयले सकेसम्म एउटै क्षेत्रको व्यक्तिसँग विवाह गर्न नहुने विचार राख्छन् । तर, समस्याहरु सजिलै बुझ्न सक्छन् भनेर पनि एउटै क्षेत्रको व्यक्तिसँग विवाह गर्ने गरीन्छ ।

जीवनसाथी बनेका केहि जोडी मात्र लगातार पर्दामा देखिने गरेका छन् । एउटै क्षेत्र भनीए पनि थुप्रै महिला कलाकार नै विवाह पछि सेलाएको देखिन्छ । यति मात्र होईन विवाह भएका कतिपय जोडिको त सम्बन्ध नै बिग्रीएको छ ।

धुर्मुस/सुन्तली

सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) हाँस्य टेलीश्रृंखला मेरी बास्यैबाट नजिक भए । टेलीभिजनको पर्दामा जोडि भएर देखिएको केहि समयमा नै उनीहरु वस्तवीक जीवनका जोडि भए । अहिलेसम्म पनि मेरी बास्यैमा धुर्मुस सुन्तलीको जोडि लोकप्रीय छ ।

हाँस्य क्षेत्रका भएकाले यो जोडिलाई धेरै फाईदा छ । उनीहरु देश विदेशमा हुने कार्यक्रममासँगै देखिन्छन् । दर्शक हँसाउँछन् । दर्शक हँसाएर नै लोभलाग्दो जीवन बिताईरहेका छन् । उनीहरुको काम मात्र होईन, मन पनि उत्तिकै मिलेको देखिन्छ ।

सामाजिक काममा पनि दुबै मिलेर सक्रिय हुन्छन् । कलाकारको यो जोडिले भूकम्पपछि काभ्रेमा आफ्नै नामको एकिकृत नमुना बस्ती नै निर्माण गरिसकेको छ । यो जोडिलाई पत्याएर सरकारले सरसफाई दुत पनि बनाएको छ ।

राजेश हमाल /मधु भट्टराई

नेपालका सुपरस्टार राजेश हमालले ५० वसन्त पार गरेपछि विवाह गरे । महानायक अविवाहित नै रहने हुन् कि भन्ने आशंकालाई चिर्दै उनले मधु भट्टराईसँग विवाह गरेका हुन् । उनी अविवाहित रहँदा उनलाई साथ दिन चाहने फ्यानहरु कम थिएनन् ।

देशको महानायकसँग जीवन काट्ने सपना बुन्नेहरु थुप्रै थिए । जन्मेदेखि नै राजेश हमालसँग विवाह गर्ने लक्ष्य बोकेकी फ्यानसम्म भेटीएकी थिईन् । तर, सबैलाई पछि पार्दै मोडल मधुले राजेश हमाललाई प्रेममा पारीन् । मोडलिङ क्षेत्रकी भए पनि विवाह पछि उनी अभिनयमा उत्रीएको देखिएको छैन ।

श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का

यो जोडिलाई पर्दामा पनि खुबै रुचाईएको थियो । चलचित्र कहाँ भेटिएलाका लागि श्रीकृष्ण आफैँले स्वेतालाई खोजेका थिए । चलचित्र कहाँ भेटिएलाले श्रीकृष्णलाई स्वेतासँग नजीक बनायो । केहि समयमा उनीहरु प्रेममा परे । स्वेताले श्रीकृष्णको अरु फिल्ममा पनि अभिनय गरिन् । सम्बन्ध प्रगाढ बन्दै जाँदा उनीहरु जीवनसाथी बन्ने निष्कर्षमा पुगे ।

श्रीकृष्णले स्वेतासँगै लगनगाँठो कसे । तर, विवाहपछि श्रीकृष्ण बिरामी परे । यो जोडिको यात्रा लामो समय रहन पाएन । श्रीकृष्णले संसार छाडे, स्वेतालाई एक्लो पारे । स्वेताको मनमा भने अझै श्रीकृष्ण बसीरहेका छन् ।

कृष्ण मल्ल/शर्मीला मल्ल

नायक कृष्ण मल्ल र शर्मीला मल्लको जोडि केहि चलचित्रहरुमा देखियो । एक समयका चर्चित नायक, नायिका थिए यो जोडि । मन पराइएको थियो उनीहरुलाई । फिल्मी क्षेत्रले नै यो जोडिलाई नजीक बनायो । जीवनसाथी बनायो । कृष्ण मल्ल अहिले पनि बेलाबेलामा सिने क्षेत्रमा झुल्कीने गरेका छन् । शर्मीलालाई भने फिल्ममा त्यति देखिएको छैन ।

सुनील पोख्रेल /निशा शर्मा (पोख्रेल)

सुनील पोख्रेल र निशा शर्मा दुबै रंगकर्मी हुन् । रंग क्षेत्रमा उदाउनका लागि निशालाई सुनीलको ठूलो सहयोग छ । सुनीलको त्यो सहयोगसँगै एकअर्कालाई बुझ्ने मौका मिल्यो । दुबैको मन पनि मिल्यो । उनीहरुको नजिकपन जीवनसाथीमा रुपान्तरण भयो ।

अहिलेको रंग क्षेत्रमा सुनीलका शिष्यहरुकै बोलवाला छ । कतिपय चलचित्रको पर्दामा पनि लोकप्रीय भइसकेका छन् । लामो समय नाट्य क्षेत्रमा रमाएका उनी अहिले केहि निस्कृय देखिएका छन् । पुरानो बानेश्वरमा रहेको गुरुकुल हटेपछि उनको नाट्यकर्म घटेको हो । यद्यपी, विभिन्न ठाउँमा गुरुकुल समूहले नाटकहरु भ्ने मञ्चन गरिरहेको छ ।

केहि समय अघि सुनील पोख्रेलको निर्देशनमा मञ्चन भएको नाटक रशोमोनमा निशा शर्मा मुख्य भूमिकामा देखिएकी थिईन् । उनी अहिले पनि उत्तिकै राम्रै देखिएकी थिईन् । निशा बोलक्कड स्वाभावकी छिन् भने सुनील कमै मात्र बोल्छन् ।

मुकेश आचार्य/मेलीना मानन्धर

मुकेश र मेलीनाबीच अभिनयकै क्रममा भेट भएको थियो । चलचित्र क्षेत्रले उनीहरुको निकटता बढायो । निकटता जीवनसाथीमा परिर्वतन भयो । अभिभावक बनीसकेका उनीहरुको अन्तरजातिय विवाह भएको हो । सिने क्षेत्र प्रवेशका हिसाबले मुकेश मेलीनाभन्दा कान्छा हुन् । मेलीना स्थापीत भइसकेपछि मुकेश मोडलिङ गर्दै फिल्ममा छिरेका हुन् । मायाले यस्ता कुरा हेर्दैन । उनीहरु प्रेममा परे विवाह गरे ।

निखिल उप्रेति/सञ्चीता लुईँटेल

एक्सन नायक निखिल उप्रेति केहि वर्ष हराएर फेरी नेपाली फिल्मी क्षेत्रमा देखिएका छन् । नायकबाट उनी निर्देशक पनि बनेर नेपाली फिल्मी क्षेत्रमा फर्किएका हुन् । उनको चलचित्र भैरवलाई दर्शकले खुबै मन पराए । जसले निखिललाई उत्साह थपेको छ ।

नायिका सञ्चीता लुईँटेलसँग वैवाहिक सम्बन्धमा गाँसीएपछि यो जोडि सिने क्षेत्रबाट अस्ताएको थियो । भारतमा बस्दै गर्दा निखिलले थुप्रै तालिमहरु लिन भ्याए । सञ्चीता सन्तान स्याहारमै व्यस्त भईन् । सञ्चीताको निखिल दोश्रो पति हुन्, भने निखिलको पनि सञ्चीता दोश्रो पत्नी हुन् । थुप्रै फिल्ममा प्रेमी जोडीको रुपमा देखिएको यो जोडि जीवनसाथी बनेको हो ।

करिश्मा केसी मानन्धर/विनोद मानन्धर

करिश्मा मानन्धर १४ वर्षको किशोरी रहँदा नै नायिका बनीसकेकी थिईन् । चलचित्र सन्तानबाट अभिनय सुरु गरेकी उनले चलचित्रकर्मी एवं निर्देशक विनोद मानन्धरसँग विवाह गरेकी हुन् । चलचित्र कस्तुरीमा काम गर्दै गर्दा विनोदसँग उनको विवाह भएको हो ।

फिल्महरुको खाँचो भएन । विनोद र करिश्माको छोरी कविता जन्मीएपछि करिश्माको अभिनय यात्रामा सुस्तता छायो । उनी केहि वर्ष अमेरिकामा बसीन् । अमेरिकाको बसाई पछि फेरी उनी नेपाल फर्किएर अभिनय कर्ममा छिन् । पहिलेजस्तो व्यस्त नभएपनि उनको लोकप्रीयता र सुन्दरता भने अहिले पनि उस्तै छ ।

रेखा थापा/छविराज ओझा

रेखा थापा छविराज ओझाको फिल्म हिरोबाट हिरोईन् भएर नेपाली सिने क्षेत्रमा उदाएकी हुन् । राजेश हमालको जोडि भएर हिरोमा अभिनय गर्दै गर्दा छवि र उनको निकटता बढ्यो । विवाह गर्न राजी भए, परम्परागत रुपमा विवाह गरे । विवाह हुँदा रेखा किशोरी थिईन् ।

छविले निर्माण गरेको फिल्मसँगै उनले अन्य थुप्रै फिल्ममा अभिनय गरिन् । उनको अभिनयले चर्चा पायो । माग बढ्यो । सुपरहिट नायिकाको परिचय बनाईन् । विवाह भएको एक दशक पछि यो जोडि छुटेको छ । रेखा अहिले आफ्नै ब्यानरमा चलचित्रहरु निर्माण गरिरहेकी छिन् । उनका चलचित्रले अहिले पनि सफलता पाईरहेका छन् ।

झरना थापा/सुनिल कुमार थापा

झरना थापाको विवाह निर्माता सुनिल कुमार थापासँग भएको हो । एउटै क्षेत्रमा रहेकाले नै नायिका र निर्माताको सम्बन्ध जीवनसाथीमा परिणत भएको हो । सुनिलले लगानी गरेका अधिकाँस चलचित्रमा झरनाले अभिनय गरेकी छिन् । सुन्दरी नायिका झरनाले अहिले पनि फिल्म खेलीरहेकी छिन् । उनको सुन्दरता अहिले पनि उस्तै छ ।

रञ्जना शर्मा/श्याम भट्टराई

नायिका रञ्जना शर्मा सिने क्षेत्र जम्न त सकिनन् । यद्यपी उनी सिने क्षेत्रमा प्रवेश गरेपछि निर्देशक श्याम भट्टराईको आँखामा परिन् । श्यामसँगको सम्बन्ध निकट भयो । उनीहरु विवाह बन्धनमा बाँधिए । त्यो बन्धन दुबैलाई मन परेन । केहि समयपछि यो जोडिको सम्बन्ध टुट्यो । श्याम अहिले अमेरिकामा छन् । रञ्जना पनि फिल्मी क्षेत्रबाट हराएकी छिन् ।

शंकर घिमिरे/ऋचा घिमिरे

नेपाली सिने क्षेत्रकी काली सुन्दरी भनेर चिनीने नायिका ऋचा घिमिरेले सिने क्षेत्रमा प्रवेशसँगै तहल्का मच्चाईन् । उनले फिल्ममा दिएका केहि दृश्यहरुले सिने क्षेत्रलाई नै तताएको थियो । निर्देशक शंकर घिमिरेको आँखा परिन् ऋचा । निर्देशक र नायिकाको सम्बन्ध नजिकिँदै जाँदा जीवनसाथी नै बने । अहिले यो जोडि अमेरिकामा छन् । विवाह पछि अहिले सन्तान स्यार र व्यापारमा व्यस्त छन् यो जोडि । – स्रोत रेडियो अडियो

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी