×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइफोनको लोभमा पोखरेली शिक्षकले गरे अमेरिकी युवतीको हत्या

GLOBAL IME BANK

आइफोनको लोभमा पोखरेली शिक्षकले गरे अमेरिकी युवतीको हत्या

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भूकम्पपीडतलाई सहयोग गर्न भन्दै नेपाल आएर झन्डै महिनादिनदेखि बेपत्ता एक अमेरिकी युवतीको हत्या भएको खुलेको छ । धिताल ३ घर भइ स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले २६ वर्षीया पासर्पोट नम्बर ४५१३८३८४७ की डालिया यहीयाको हत्या गरेको प्रहरीको दाबी छ । गत साउन १९ मा पोखरा आएकी यहीया ३ दिनसम्म पौडेलको पोखरा सिम्पनीस्थित कोठामा बसेकी थिईन । कान्तिपुर दैनिकमा समाचार छ ।

चौथो दिनदेखि उनी सम्पर्कविहिन थिईन । पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको प्रहरीले अनुमान गरेको छ । अनुसन्धानका क्रममा विहीबार पक्राउ परेका पौडेलले जिल्ला प्रहरी कार्यालयबाट हामफाल्ने प्रयास समेत गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: