×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हडताल र नाकाबन्दीको अर्थशास्त्र : अनलराज भट्टराईको विश्लेषण

PRIME CA

हडताल र नाकाबन्दीको अर्थशास्त्र : अनलराज भट्टराईको विश्लेषण

१३ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

भुकम्पले शिथिल बनाएको अर्थतन्त्रलाई हडताल र नाकाहरुमा भएका रुकावटले ज्यादै नै नकारात्मक असर पारेको छ ।

हड्ताल र बन्दले अर्थ-ब्यवस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर पारेको छ, धेरै प्रकारका नेक्सानीहरु ब्यहोर्नु परेको छ । एकातर्फ उत्पादनमा कमिभैरहेको छ भने अर्कोतर्फ अपभोक्तालाई उपभोग्य बस्तुको अभावले सताउन थालेको छ । यही अराजकता अझै केही दिन कायम हुने हो भने मुलुकको निजी क्षेत्रको समग्र घाटा भूकम्पबाट भएको घाटाभन्दा वढि हुनेछ ।

भुकम्पबाट औद्योगिक क्षेत्र खासै प्रभावित थिएनन् तर हाल भैरहेको हड़तालले औद्योगिक क्षेत्रको सम्पूर्ण व्यबस्थापनमा प्रभाव पारेको छ । अर्थतन्त्रमा यस प्रकारको बन्द र हडतालको प्रभाव लामो समयसम्म हुँदा भविस्यमा आउने ठूला अवशरहरु पनि गुम्न जाने भएकाले मुलुकको कुल ग्रहस्त उत्पादनमा निकै ठूलो गिरावट आउने अनुमान गर्न सकिन्छ ।

हडतालको कारणले दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणहरुले निकै कस्ट भोग्नु परेको छ । महिनौदेखि पारिश्रमिक नपाउँदा एक छाकका भरमा बाँच्नु पर्ने अवस्था आएको छ । बालबालिका शिक्षाबाट वन्चित भैरहेका छन् । उद्योगी व्यवसायीले निकै ठूलो आर्थिक तथा मानसिक ब्ययभार भोग्नु परेको छ । यस प्रकारका घाटा प्रत्येक दिन वड्दै जाँदा मुलुकमा हुन लागेको औद्योगिकरण समेत धरापमा परेर रोजगारी गुमाउनु पर्ने हुन्छ ।

बन्द हड्तालबाट देशभित्र उत्पादित र आयातित बस्तुको आपूर्ति रोकिँदा सान तथा मझौला ब्यवशाय गरी जिविकोपार्जन गर्नेहरुले समेत ठुलो क्षती भोग्नु परेको छ । यस्ता बन्दले ऊत्पाद क्षेत्रको क्षमतामा ह्रासआई हालको नेक्सानीको पुर्ण क्षतीपुर्ती गर्न लामो समय लाग्ने छ ।

नजिकिदै गएको दशैंका बेला हुने ब्यापारमा ठूलो र प्रत्यक्ष असरले मुलुकको अर्थतन्त्रको सम्पुर्ण संरचनामै नकारात्मक असर पर्नेछ । दशैंको ब्यापारले मुलुकको बार्षिक ब्यापारको ठुलो हिस्सा ओगटेको हुन्छ ब्यापारीहरुले कतिपय बस्तुहरु नेपालको महान चाडलाई लक्षित गरी ऊत्पादन तथा आयात गरेका हुन्छन् । दसैंका बेला भएको खर्चले मुलुको अर्थतन्त्रलाई चार महिना वढी गतिशिल बनाउँछ । त्यस्तै कतिपय वस्तुहरुको उपभोग दशैपछि नहुने भएकाले ती वस्तुको आयातकर्ता तथा ऊत्पादनकर्ताको नेक्सानीको कुनैलेखा जोखा गर्न सकिँदैन ।

मुलत यस हडतालले लाखौं नेपाली दाजुभाई दिदी बहिनीहरुको सम्मानसँग बाच्ने अधिकार खोसेको छ । नयॉ संबिधानको प्राप्तिपछि मुलुकले बेरोजगारी, गरीबी र असमानताको कमी ल्याउने विश्वास गरिए पनि हामी अरु बिषयमा अल्झिएका छौं ।

त्यो बेलासम्म मुलुकले अप्ठ्यारा दिनहरु व्यहोर्नु पर्ने निश्चित छ, जुन बेलासम्म हामीले आ-आफ्ना अडान कायमै राख्छौं । त्यसैले सबै पक्ष विपक्षहरु आफ्ना अडान त्यागेर एकभई मुलुकलाई अगाडि वढाउनुको विकल्प छैन । स्रोत : बिजमांडू

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: