×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युरो/डलर खानेहरूको खतरनाक खेल : मधेशमा मिलाउने/पहाडमा भिडाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युरो/डलर खानेहरूको खतरनाक खेल : मधेशमा मिलाउने/पहाडमा भिडाउने

Artha Sarokar

१७ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

भारतको विदेश सचिव सुब्रमन्यम जयशंकर नेपालमा संविधान जारी हुनुभन्दा अघिल्लो दिन अचानक काठमाडौं आएर संविधान रोक्न नसके पनि नेपालमा जातीय तथा क्षेत्रीय साम्प्रदायिक दंगाको बिऊ रोपेर फर्किएको खुलासा भएको छ । संविधान जारी गर्ने प्रक्रियाबाट नेपालका शीर्ष नेतालाई रोक्न नसकेपछि उनले तराईमा मधेशी र थारुलाई मिलाउने र पहाड तथा हिमालमा खस आर्य र आदिवासी जनजातिलाई भिडाउने सूत्र फमाएर हिंडेको उच्च स्रोतले जनाएको छ ।

जयशंकर फर्किए लगत्तै नाटकीय रुपमा थारु मधेशी सहकार्यको प्रक्रिया अघि बढ्नु र आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरूले संविधान अस्वीकार गर्दै महासंघका अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा माग्नुलाई संयोगमात्र मान्न सकिदैन । स्रोतका अनुसार, विदेश सचिव जयशंकरले भारत फर्किनु अघि मधेशी मोर्चाका नेताहरू र थारु आन्दोलनकारी नेताहरूलाई राजदूतावासमै बोलाएर संयुक्त रुपमा सत्ता विरुद्ध आन्दोलन केन्द्रित गर्न निर्देशन दिएका थिए । ‘आप लोग एक होकर आन्दोलन आगे बढाइए, जो कुछ चाहिए ओ सब राजदूतावाससे आपको मिलेगा’ जयशंकरको भेटमा सहभागी एक थारु नेताले भने ।

जयशंकरले आदिवासी जनजाति नेताहरूलाई पनि भेट्न खोजेका थिए । तर अहिले नै नेपालका आदिवासी जनजाति नेताहरूलाई विश्वास गर्ने अवस्था नरहेको र संविधानमा आदिवासी जनजातिहरूको समर्थन रहेकाले उनीहरूका नेतालाई बोलाएर कुरा गर्दा ब्याक फायर हुने सुझाव राजदूतावासका अधिकारीले दिएपछि उनी भेट नगरी हिंडेका थिए । त्यसपछि राजदूतावासले बिभिन्न च्यानलबाट आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरू, जो अहिले कुण्ठा पालेर बसेका छन् उनीहरूलाई उपयोग गर्न खोज्यो ।

सुरेश आलेमगर, परशुराम तामाङ, ओम गुरुङ, पासाङ शेर्पा र राजकुमार लेखीले संयुक्त पत्रकार सम्मेलन गरेर संविधानलाई पूर्णत: अस्वीकार गर्ने बताए । जबकि यो संविधान आदिवासी जनजातिको हितमा रहेको भन्दै महासंघका अध्यक्ष तथा कांग्रेस सभासद नगेन्द्र कुमाल र महासचिव तथा एमाले सभासद पेम्बा भोटेले संविधानमा हस्ताक्षर गरिसकेका छन् । संविधानसमा प्रतिनिधित्व गर्ने १९१ जनजाति सभासदमध्ये एकजना अशोक राई बाहेक ९० जनजाति सभासदले हस्ताक्षर गरेका छन् । संविधानमा आदिवासी जनजातिले भनेका प्राय: सबै मागहरू समेटिएको भन्दै यसको स्वागत समेत गरिसकेका छन् ।

संविधानलाई मुलुकका आदिवासी जनजातिले स्वागत गरिसकेको अवस्थामा केही समय यता महासंघमा हालिमुहाली गर्न नपाएर बेरोजगार बनिरहेका केही पूर्व पदाधिकारी मधेश र थारु आन्दोलनको समर्थन गर्दै बाहिर आए । यद्यपि यो खेल राजकुमार लेखीको थियो । केही समयअघि पद्मरत्न तुलाधरलाई नेता बनाएर सम्झौताहीन आदिवासी जनजाति आन्दोलन गर्ने भनेर हिंडेका पर्शुराम, ओम र पासाङहरूसंग भिड्न लेखीले महासंघका कुमाल र भोटेलाई साथ दिएका थिए । यो प्रकरणमा लेखीले जितेका छन् ।

‘महासंघका नाममा डलर र युरो खाएर हिंडेकाहरू पछिल्लो समय पद्मरत्न आन्दोलनका नाममा विदेशमा रहेका नेपालीहरूबाट बीस तीस लाख रुपैयाँ उठाउन सफल भए, अहिले युरो र डलरले नपुगेर भारुतिर आकर्षित भएका हुन्’ महासंघका एक पदाधिकारीले भने । भारतको उद्देश्य नेपालमा सबैतिर साम्प्रदायिक दंगा मच्चाउने र त्यही निहुँमा आफू छिर्ने रहेको रिपोर्ट गृह मन्त्रालयले पाएको स्रोतको दावी छ । त्यसका लागि पहाडमा जनजाति र खस, आर्य भिडन्त गराउनुपर्ने हुन्छ ।
त्यो काममा महासंघका केही पूर्व प्रमुखहरूलाई प्रयोग गर्न खोजिए पनि आदिवासी जनजाति कुनै खाले प्रायोजित आन्दोलनमा नजाने महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताइसकेका छन् । त्यस्तै महासचिव पेम्बा भोटेले आफूहरूको राजीनामा माग्ने पूर्व प्रमुखहरूलाई महासंघका कुनै पनि निकायमा एक तिहाई संख्या पुर्‍याएर देखाउन चुनौती दिएका छन् । धर्म निरपेक्षता, समावेशी समानुपातिक, जनजाति आयोग जस्ता उपलव्धीहरू जनजाति सभासद र महासंघको पहलमा भएको भन्दै उनीहरूले केही पूर्व प्रमुखहरू जनजाति आन्दोलन बद्नाम गराउन हिंडेको बताएका छन् ।

पहाडमा भारतले चाहे जस्तो दंगा हुन असम्भव छ । किनकि पहाडका जनजाति र खस आर्य सदियौंदेखि सहअस्तित्वमा बाँचिरहेका छन् । अर्को कुरा पहाडी आदिवासी जनजातिहरू एमाले, कांग्रेस र एमाओवादी पार्टीको गाउँदेखि केन्द्रसम्मको नेतृत्व तहमा छन् । यी पार्टीले संस्थागत निर्णय नगरेसम्म जमानत जफत भएर सभासद बन्ने सपना तुहिएपछि कुण्ठा बोकेर हिंडेका परशुराम तामाङ, ओम गुरुङहरूले भनेका भरमा कोही सडकमा आउने अवस्था पनि छैन । आउने भए पद्मरत्न नेतृत्वको आदिवासी जनजाति आन्दोलनमा पाँचसय मान्छे जुटाउन नसकेर जनजाति महासंघको आन्दोलनसामु आत्मसमर्पण गर्ने थिएनन् ।

भारतको पहिलो प्राथमिकता मधेशी र थारु मिलाउने हो । किनकि थारु र मधेशी नमिलेसम्म तराईमा आफूले भने जस्तो नहुने भारतले बुझेको साँघुमा खवर छ । त्यसका लागि उसले थारु समुदायका केही पात्रलाई प्रलोभनमा पारेर हात लिएको चर्चा थारुहरूबीच नै चलेको छ । भारतीय राजदूतावासमा गएका थारुहरूमध्ये कतिपयले भारतको योजना सुनेपछि हात झिकेको स्रोतको दावी छ । थारुको आन्दोलन अलग्गै हुनुपर्छ, मधेशीसंग मिल्नु हुदैन भन्दै आएका राजकुमार लेखी, रामजनम चौधरीहरू अहिले राजेन्द्र महतोसंग मिल्न उद्यत देखिनु गम्भीर कुरा हो । तर, मधेशीसंग मिल्ने सवालमा थारु आन्दोलनकारी प्रष्ट रुपमा विभाजित भएका छन् । नेपालमा सबै समुदायबीच विभाजन ल्याएर दंगा मच्चाउने भारतीय योजना असफल पार्न सबै एकजुट हुनुपर्ने देखिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी