
नवलपरासीको देवचुली नगरपालिका अन्तर्गत चौधरीग्राममा मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापन कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्ट्रचारीको अखडा भएको बताए ।
एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाँडे, भट्टराईको भनाई उदृत गर्दै एक सहभागीले भने, एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।
नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्री भट्टराईबाट आएको अभिव्यक्तिलाई गम्भिर रुपमा लिइएको छ । गोर्खाबाट रुपन्देहीको धकधाईमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान भट्टराई नवलपरासी पुगेका थिए । एक साताअघि माओवादीको औचित्य समाप्त भएको भन्दै पार्टी परित्याग गरेका भट्टराई विभिन्न क्षेत्रका कार्यक्रमलाई सम्वोधन गर्दै हिँडिरहेका छन् । -न्युजपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्