×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट हाइलाईटस् : बियर र चुरोटको पनि भाउ बढ्यो, हेर्नुहोस् अरु के के को भाउ घट्यो के केको बढ्यो ?

GLOBAL IME BANK

बजेट हाइलाईटस् : बियर र चुरोटको पनि भाउ बढ्यो, हेर्नुहोस् अरु के के को भाउ घट्यो के केको बढ्यो ?

१६ जेष्ठ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बढ्यो

बियर एक लिटरमा ८ रुपैयाँ महँगो भएको छ, बियरमा यसअघि अन्त:शुल्क ९८ रुपैयाँ रहेकोमा अब १०६ पुगेको छ ।

सुर्ती तथा चुरोटमा १३ प्रतिशतसम्म अन्त:शुल्क बढाइएको छ ।

मदिरामा न्यूनतम १० र अधिकतम १५ प्रतिशतसम्म अन्त:शुल्क बढेको छ ।


घट्यो

सार्वजनिक यातायातमा सञ्चालन हुने विद्युतीय सवारी साधनमा अन्त:शुल्क पूरै छुट दिई भन्सार शुल्क १ प्रतिशत लगाउने सरकारको घोषणा छ । त्यस्तै, निजी विद्युतीय गाडीमा अन्त:शुल्क पूरै छुट दिई १० प्रतिशत मात्र भन्सार लाग्नेछ ।

सञ्चारगृहले पत्रपत्रिका लागि आयात गर्ने अखबारी कागजमा १ प्रतिशत मात्र भन्सार लाग्ने र महसुल छुट गरिएको छ  ।

क्यान्सर, मुटु र मिगौला रोगको उपचारमा लाग्ने उपकरण आयातमा मूल्य अभिवृद्धि करमा सबै छुट र भन्सार १ प्रतिशत मात्र व्यवस्था गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: