- भुपेन्द्र आचार्य
आजकल तरकारीमा विषादीको व्यापक प्रयोग भइरहेको छ । विषादी प्रयोग नभएको तरकारी पाउनै छाडिएको छ । राजनीतिमा पनि विषादीको अत्यधिक प्रयोग हुनथालेको छ । राजनीतिक विषादी भनेको भ्रष्टाचार, अनैतिकता, पदको दुरुपयोग, विधिविहीन अवस्था हो । विषादीका कारण लोकतान्त्रिक बृक्षमा विषालु फल फल्न थालेको छ । जसले जनता र राष्ट्रिय जीवन पद्धतिलाई नै नष्टभ्रष्ट पार्दै लगेको छ । अमृत लोकतन्त्र : विषालु नेतातन्त्र । वर्तमान नेपालको छर्लङ्ग देखिने देशको तस्वीर यही हो ।
कति सहज तरिकाले राजतन्त्र किनारा लाग्यो । कति सहज तरिकाले लडाकु व्यवस्थापन भयो । कति सहज तरिकाले जनयुद्धकारी शक्ति लोकतान्त्रिकरण हुन राजी भयो ? कति सहज तरिकाले संविधानसभाको निर्वाचन दुई दुई पटक सम्पन्न भयो ? पूर्वराजा र लोकले नेताहरुलाई हार्दिक सहयोग गरिरहे । यति महान नेपालीलाई त्यत्तिकै उदार बनेर राजनीतिक बर्गले आफूलाई प्रस्तुत र प्रमाणित गर्न सकेनन् । असफल भए । राजनीतिक बर्गमा अझै विवेकको बिर्को खुलेको छैन । सत्ता, शोषण, शक्ति नै राजनीति हो भन्ठानेर राजनीतिक बर्ग सिद्धान्त, निष्ठा, नैतिकतामात्र होइन, सामान्य लोकलज्जासमेतको हेक्का राख्न छाडेका छन् । नङ्गा नाचे हजार दाउ भनझैं खारिएको मानिएको राजनीतिक बर्गले का“चो राजनीति गरेर गनाउने का“चोवायु फालिरहेका छन् । जसले राष्ट्रलाई नै रोगव्याधिग्रस्त बनाउ“दै लगेको छ ।
नागरिक शक्ति र देशको समृद्धि लोकतन्त्रको ऐना हो । यो ऐनामा जे देखिन्छ, त्यसैको प्रतिरुप हो लोकतन्त्र । यतिखेर लोकतन्त्र लोकमारा विषालु बन्दै गएको छ । अमृत लोकतन्त्रलाई विषालु बनाएको नेतातन्त्रले हो । लोकतन्त्र न्यायसंगत हुनुपथ्र्यो, नेतासंगत भइरहेको छ । लोकतन्त्र लोकका लागि कौवालाई बेल पाकेसरह भइरहेको छ । नेताहरुका लागि लोकतन्त्र लुट्ने अवसर बनेको छ ।
परिवर्तनको असली हकदार लोक हुन् । लोकले साथ दिएकाले परिवर्तन सम्भव भएको हो । लोकले स्वीकार गरेन भने यो परिवर्तनले कोल्टो पनि फेर्नसक्छ । राजनीतिक मार्ग नदीको जस्तो हुन्छ, जुन कहिल्यै सिधा बग्दैन । लोकनेताहरुले लोकलाई यसैगरी सकसमा पार्दै जाने हो भने अर्को परिवर्तनका लागि धेरै लामो समय कुर्नुपर्ने छैन । लोकनेताहरुलाई लोकले पञ्जापत्र दिएका होइनन्, हेक्काराख्न जरुरी छ । अन्तिम निर्णायक शक्ति लोकको मन कुडिइसक्यो, परिवर्तन पनि हुनसक्छ । नेताहरुले लोकतन्त्रलाई राणाहरुले स्थापित गरेको पञ्चदेवलको हण्डी परम्परा बनाएका छन् । देशमा विधितन्त्रको खा“चो छ, हण्डीतन्त्र सर्वकालिक बन्नसक्दैन ।
नेपालमा पाइने का“डेभ्याकुर चरा संसारमा कतै पाइन्न । यो दुर्लभ चरा हो । एकसिंगे गैंडा अर्को दुर्लभ जनावर हो । यस्ता दुर्लभ कुराहरु नेपालमा धेरै छन् तर सर्वसुलभ भनेको स्वार्थी राजनीति र राजनीतिक अपराधिक क्रियाकलाप हुनपुगेको छ । लोकतन्त्रको साइनबोर्ड झुण्ड्याएर अमृत लोकतन्त्रमा नेतातन्त्रले निरन्तर विष घोलिरहेका छन् । अमृतमा विष घोल्नु भनेको अमृतलाई विषालु बनाउनु हो । विषालु नेतातन्त्रको रसायन निर्माण रोक्ने प्रभावकारी उपाय भनेको प्रमुख प्रतिपक्षी हो, प्रमुख प्रतिपक्ष महाधिवेशनको धङ्धङीबाट अझै छ्याङ्ग उघ्रिन सकेको छैन । निदाएको प्रतिपक्षीका कारण पनि सिंहदरवारदेखि गाउ“सम्म अलोकतान्त्रिकताको बिगबगी बढेको हो ।
अगत्स्य ऋषिले समुद्र नै पिए, भृगुले विष्णुको छातीमा लातै हाने । समुद्र मन्थनपछि निस्केको विष महादेवले पिएर नीलकण्ठ हुनुप¥यो । अति भएपछि खति हुने अनेक उदाहरण छन् अध्यात्म र इतिहासमा । अतिलाई कसै न कसैले रोक्नैपर्छ, कसै न कसैले असहज स्थितिलाई सहज पार्ने पहल गर्नैपर्छ । अगत्स्य, भृगु अथवा महादेव बन्न सम्भव नहोला, तर, सिंगापुर निर्माण गर्ने एकजना नेता त लिक्वान यु बन्न तैयार हुनुपर्छ । पापाचार र पाखण्ड धेरै भयो, अव लोकतन्त्रमा राजनेता जन्मनैपर्छ । यसका लागि जनताले हस्तक्षेप गर्नुपर्छ भने जनता पनि तैयार हुनुपर्छ । जनता जति सचेत हुन्छन्, त्यस्तै नेता पाउ“छन् । जनसगजता देशको खा“चो भइसक्यो ।
नर्वे हुने कि नाइजर ? नर्वे संसारकै धनाध्ये मुलुक हो, नाइजर संसारकै गरिब । हाम्रासामु यक्ष प्रश्न खडा भएको छ । अमृतजस्तो लोकतन्त्र विषालु नेतातन्त्रमा अभ्यस्त हुनथालेकाले लोकतन्त्रलाई अमृतमय जीवनपद्धतिमा रुपान्तरण गर्न सकिएन भने हामी नाइजर हुने निश्चित छ ।
चाणक्यनीति भन्छ– सर्पको दा“तमा विष हुन्छ, विच्छीको पुच्छरमा, झिंगाको टाउकामा र दुष्टको सर्वाङ्ग विषालु हुन्छ । नेपाली नेताहरु लोक र लोकमैत्री बन्न सकेनन्, अमृतमय लोकतन्त्रलाई नेतातन्त्र बनाइरहेका छन् । देशहितको उचाइमा कुनै नेता उठ्नै सकेनन्, सबै स्वार्थको लम्पटमा लम्पसार परेका छन् । जनयुद्ध, जनआन्दोलन, गणतन्त्रको कार्यान्वयन, संविधान निर्माण गरिसकेपछि पनि विधिलाई पद्धतिको लिकमा बसाल्न चाहेनन् ।सही, सामाजिक र जनपक्षतिर नेताहरुको इच्छाशक्ति नै देखिएन । नेतृत्वको विकास हुन नसक्नुको मुख्य कारण नेताभित्र जरा गाडेर बसेको स्वार्थन्धता हो । जसले निहित स्वार्थ जुनसुकै बेला देख्छ, लोकहित पटक्कै देख्दैन । सत्ता, शक्तिको मादमा लठ्ठिएका नेताहरुले आमनागरिक गलिरहेको, मरिरहेको, छटपटिइरहेको कहिल्यै देखेनन् । जनपक्षीय हुन नसक्ने नेतृत्व भनेकै लोकतान्त्रिक आवरणको दुष्टता हो, सर्वाङ्ग विषालु हुनु हो । जसले लोकहितलाई लगातार डसिरहेको छ ।
२००७ सालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय भयो । तर जुम्लामा २०१२ सालमा मात्र राणा शासन समाप्त भएको थाहा भएछ । लोकतन्त्र त्यस्तै अवस्थामा छ । पार्टी नेता, पार्टी कार्यालय, सिंहदरवार, शितल निवास र संसद भवनमा झिलिमिली बनेको लोकतन्त्र कर्णाली पुगेकै छैन । गोरखाको बारपाकमा लोकतन्त्र पुगेको छैन, कर्णाली, महाकाली त धेरै टाढाका क्षेत्र हुन् । लोकतन्त्रको सिद्धान्त भनेकै न्याय र समानता हो । तर राजधानी र बा“की जिल्ला, सम्भ्रान्त र सिमान्तकृत लोक, पहु“चवाला, प्रशासन र आमनागरिकवीच यति धेरै विभेद छ कि त्यो विभेदलँई नेतातन्त्रले झन झन विषालु तीर बनाएर जनताको भावनामा रोपिरहेका छन् । अव त यो विषादी पहाडीया र मधेसीया भन्नेमा पनि छरिएको छ । विषादी राजनीतिले पीडित जनतालाई रुवाइरहेको छ । अन्याय सस्तो भो, न्याय धेरै महगो भइसक्यो, आमनागरिकका लागि ।
वीपी कोइरालाले भनेका थिए– प्रजातन्त्रको विकास बिना मुलुकलाई एउटा सूत्रमा बा“ध्न सकिन्न । देशका विविधिता जोड्ने सुत्र चु“डियो । वीपीले निर्माण गरेको नेपाली कांग्रेसले समेत वीपीको त्यो भावनालाई आत्मसात गर्न सकिरहेको छैन । अरु त कम्युनिष्ट भए, कम्युनिष्ट भनेको निरंकूशतन्त्र हो । निरंकूशहरु जनतालाई सपना देखाएर, जनताको भावनामा खेलेर राज गर्छन् । पश्चिम बंगालमा ज्योतिबसुले दुई दशक राज गरे, बल्लतल्ल ममता बनर्जीले त्यो राज तोडेकी छिन् । नेपालमा माक्र्स, माओ, लेनिनलाई गुरु मान्ने शिष्यहरुको कम्युनिष्ट दलहरु मिलेका छन् । यो मिलाप चु“डिएन भने, लोकतन्त्रले तोड्न सकेन भने लोकतन्त्र कम्युनतन्त्रमा बदलिने छ र नेपाल पश्चिम बंगालको अर्को अध्याय बन्न जानेछ । लोकतन्त्रवादीहरुले यो सम्भाव्य खतरालाई समयमै बुझ्नु बुद्धिमानी हुनेछ । किनकि संविधानविरोधीलाई काखी च्यापेर आफूआफूवीच एकताका साथ अघि बढ्नसक्ने र देशमा क्षेत्र, भेग, भाषा, धर्मका नाममा बिखण्डन र बिभाजन, एकप्रदेश र आत्मनिर्णयको अधिकारसमेत दिन्छु भनेर भए पनि शक्तिआर्जन गर्न सक्ने कम्युनिष्टको भावी अभिष्ठयुक्त रणनीतिलाई दूरदर्शी विश्लेषकहरुले अ“ध्यारो भविष्यको आहट हो भन्न थालिसकेका छन् ।
लोकतन्त्र किन गाउ“मुखी बन्न सकेन ? सिमान्तकृत, सुकुम्वासी, असहायमुखी बनेन ? युवा, प्रौढ, बृद्धमुखीसमेत छैन लोकतन्त्र । लोकतन्त्र सत्ता, दलीय स्वार्थमा मात्र उपयोग भइरहेको छ । लोकतन्त्र कसलाई प्रधानमन्त्री, मन्त्री, सचिव, राजदूत, न्यायाधीश, संवैधानिक अंग प्रमुख, सुरक्षा निकाय प्रमुख बनाउने भन्नेमा प्रयोग भइरहेको छ । त्यो पनि योग्यताका आधारमा होइन, आफ्ना मान्छेलँई नियुक्त गर्ने गरी नेताहरुवीच भागबण्डा मिलाएर । नेताहरुको यो कुरुप पार्टीतन्त्रले सिंगो राज्य घायल बनेको छ । लोकतन्त्रमा लोकले जित्नुपथ्र्यो, विधि स्थापित हुनुपथ्र्यो, जनताले हारिरहेका छन्, नेताका निजी स्वार्थले जितिरहेको छ । नागरिक शक्ति र देशको समृद्धिलाई निरीह बनाउने काम भइरहेछ, नेतातन्त्रका निर्णयलाई नागरिकले सकार्नैपर्ने श्री ३ को जस्तो फर्मान बनिरहेको छ ।
नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक पक्ष आझेलमा परेका छन् । नागरिक लोकतन्त्र बिलिन अवस्थामा पुग्यो, नेता लोकतन्त्र जाज्वल्यमान भइरहेको छ । नेताहरुको अभिव्यक्ति छिनमा तोला, छिनमा मासाको तौलजस्तो देखिन्छ । लोकतन्त्र र लोकवीच माध्यम हुनुपर्ने नेताहरुले विश्वासको आधार गुमाउ“दै गएका छन् । यसको प्रतिफल हो लोकतान्त्रिक बृक्षमा विषालु फल ।