×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘एसएलसी फेल भएर के भो ? किस्मतमा पीएचडी होल्डरलाई जागिर खुवाउँन लेखेको रहेछ’

आमनेपालीले चन्द्र ढकाललाई नचिन्न सक्छन् तर उनी अध्यक्ष रहेको ‘आईएमई’ लाइ नचिन्ने नेपाली कमै छन् । विदेशमा बस्नेले अधिकांशले आफुले कमाएको पैसा आइएमई मार्फत पठाउछन् । छोटो समयमा नै राम्रो प्रगती गर्ने धेरैलाई रोजगारी दिने र रेमिट्यान्स भित्राउने कम्पनिका मालिक चन्द्रकुनै कथाका नायक झै लाग्छन । एकपटक एसएलसी फेल भएका, आईकमको परिक्षामा अर्काले चोरेको चिटमा चासो राख्दा पुरै परिक्षा रद्ध गरिएका चन्द्र ढकाल वाणिज्य बैङकका सहायक थिए ।
अहिले उनी देशकै ठुलो बैङक मध्येको एक ग्लोबल आईएमईका अध्यक्ष हुन् । उनको जलबिद्युत, आयात, निर्यात, कार्गो, पर्यटनजस्ता क्षेत्रमा धेरै उद्योग ब्यावसाय छन् । अहिले उनी चन्द्रगिरि हिल्स कम्पनि मार्फत काठमाण्डौको पश्चिम दक्षिण पहाडमा केवलकार कुदाउने नेपाली मध्येका एक हुन् ।
म पहिलो पल्ट एसएलसी फेल भएको केटो हु । गाउँको स्कुलमा कक्षा ४ देखि अङग्रेजी पढाई हुन्थ्यो । मेलै अङग्रेजी राम्रोसँग टिप्न सकिँन । त्यसैले फेल भए । आइकम ज्वाईन गरेपछि पढाईमा राम्रोसंग मेहनत गरेको थिए । तर अगाडि बस्ने साथीले चिट चोरीरहेको थियो । किशोर उमेरमा त्यस्तो हुन्छ नै । म उसले लेखेको चियाउँदै थिएँ । हामी दुवै समातियौं । रिजल्ट आउँदा सबै विषयमा शून्य नम्बर आएको रहेछ । त्यही दिनदेखि अरुको कुरामा विश्वास गर्नुहँदो रहेनछ भन्ने लाग्यो । पढाईमा म मध्यम विद्यार्थी थिएँ । यती मिहेनत गर्ने बानीकै कारण वाणिज्य बैंकमा सहायकमा नाम निकाले, जवकी मेरो पढाई उति राम्रो होइन ।
मलाई एसएलसी फेल हुन्छु जस्तो लागेको थिएन । फेल भएपछि २०४० सालमा रिटोटलिङ गर्न काठमाडौं आएको थिएँ । यहाँ आफ्नै गाडी चढ्ने मानिसहरु देख्दा अचम्म लाग्थ्यो । काठमाडौंमा घर हुने मानिस निकै धनी हुँदा हुन् भन्ने लाग्थ्यो । त्यही बेलाको अर्को घटना पनि सम्झना आउँछ । दोस्रो श्रेणीमा उत्तीर्ण गरेपछि एउटा निर्माणाधीन घरमा मामाहरुसाँंग डेरा लिएर बसेको थिएँ । त्यो घरमा वाइरिङ भैसकेको थिएन । एक दिन चोर घरभित्र पसेर मैले कलेज जान किनेको लुगा, ब्याग, पैसा सबै चोरिदिएछ । किताबचाहिँ पर लगेर फालेछ । भोलिपल्ट त लगाउने लुगा समेत भएन । त्यति बेला मलाई जीवनको सर्वस्व नै गयो भनेझैं लागेको थियो । अहिले सम्झँदा हाँसो उठ्छ । एउटा राम्रो जागीर खाने परिवार पाल्ने मात्र थियो । जीवनको न्युनतम आवश्यकता पुरा होस् भन्ने थियो ।
म वाणिज्य बैंकको विशालबजारस्थित शाखामा काम गर्थैं । त्यहाँ व्यबसायीहरु व्यबसायिक कारोवार गर्न आउनुहुन्थ्यो । त्यहाँ व्यापारीहरुको संगतबाट के थाहा भयो भने व्यबसाय गर्ने हो भने राम्रो कमाई हुन्छ । म अरुजस्तो १०–५ को जागिर सकेर घर जाने प्रवृत्तिको थिइनँ । थप काम पनि गर्थे । त्यो बेला नेपाली माल सामान बिदेश पठाउँन राम्रो कार्गोको सुविधा छैन भन्ने कुरा आयो त्यसैले त्यही खोलेँ । त्यसले राम्रो प्रगति गर्दै जाँदा मलाई पैसाको आवश्यकता पनि पर्दै गयो मैले आफैंले काम गर्ने बैंकमा ऋण पाऊँ भनी आवेदन दिएँ । हाकिमले ऋण लिएर ब्यापार गर्ने हो भने जागिर छाड्ने सुझाव दिनुभयो । मैले उहाँको कुरा स्वीकार गरेँ ।
मजस्तो सामान्य मान्छेको आड त्यही जागिर थियो । त्यो जागिर छाड्नुपर्दा केही दिन त असाध्यै पीडा भयो । मैले जीवनमा रिस्क लिन सक्नुपर्छ भन्ने सुनेको थिएँ । त्यसलाई आफ्नै जीवनमा उर्तान मन लाग्यो । संयोगवश म सफल भएँ । प्रगति गर्न रिस्क लिनुपर्छ । यद्यपी रिस्क लिनेबित्तिकै सबै सफल हुन्छन् भन्नेचाहिँ होइन ।
त्यसो त होइन । म कुन काम गर्दा बढीभन्दा बढी मानिसले सुविधा पाउँछन्, मानिसलाई के कुराको आवश्कता छ भन्ने कुरा सोचिरहन्छु । त्यतिबेला विदेशमा बस्ने नेपालीहरुका लागि पैसा पठाउने भरपर्दो माध्यम थिएन । यही कुरा बुझेर मैले रेमिट्यान्स कम्पनी खोलेको थिएँ । यो ठाडै पैसाको कारोबार थियो । यसका लागि अरु बैंकको साहरा लिनुपथ्र्यो । वित्तिय क्षेत्र फराकिलो भएपछि ‘क’ वर्गको बैंक खोल्नुपरेको हो । पछि राष्ट्र बैंकले एउटै प्रकृतिको दुई संस्था खोल्न नपाइने नियम ल्याएपछि आइएमई र ग्लोबल बैंकलाई गाभेको हुँ । म पुरानो कुरा सम्झेर बस्ने मान्छे होइन । जस्तो अवस्था आउँछ, त्यसैलाई अवसर बनाउनुपर्छ र मेहनत गर्नुपर्छ भनेर हरेक घटनालाई सकारात्मक रुपमा हेर्ने मान्छे हुँ ।
अहिले चन्दागीरिमा केबलकार चलिसकेको छ । त्यहां केबलकार चलाउने मात्र होइन, फोर डी सिनेमा भवन, रेस्टुराँ, रिसोर्ट, युवाहरुका लागि घुम्ने ठाउँ, बालबालिकाका लागि खेल्ने ठाउँ, पाका र आस्तिकहरुका लागि मन्दिर निर्माण आदि सबै काम एकसाथ भैरहेको छ । अब केही महिनामै यो पूर्ण रुपमा सञ्चालनमा आउँछ । त्यसपछि अरु कुरा सोच्नुपर्छ । जीवनमा केही न केही काम गरिरहनुपर्छ भन्ने मान्यता भएकाले केही त अवश्य नै गर्छु ।
नेपालमा जलविद्युत् र पूर्वाधारको विकास अहिलेको आवश्यकता हो । हामीले गैरआवासीय नेपालीहरुको साथ लिएर जलविद्युत् निर्माण गरिरहेका छौं । यसबाट हामीले जलविद्युत्को भित्री पाटो पनि बुझ्ने मौका पाएका छौं । यो प्रोजेक्ट सफल भयो भने हामी अरु बृहत आयोजनामा हात हाल्न सक्छौं । विदेशमा बस्ने हजारौं नेपालीले नेपालमा उहाँहरुको पैसालाई विश्वसनीय तरिकाले लगानी गरिदिने संस्था खोजीरहनुभएको छ र तीमध्ये हामी पनि एक हौं भन्ने लाग्छ, तर कसैको प्रतिफलको आशा राखेर लगानी गरेको हुन्छ भने त्यसको ग्यारेन्टी हामीले गरिदिनुपर्छ ।
जीवनभर काम गर्ने हो । काम गर्दै जाँदा समयले जहाँ पु¥याउँछ, खुसीले त्यही पुग्नुपर्छ । म काम नगरी बस्न सक्दिन । यो बानीले कतै न कतै त अवश्य लग्ला । मेरो भाई हेमराज(रामु) र मेरो सोचलाई व्यबहारमा उतार्ने सहकर्मीहरुलाई बढी सम्झन्छु । -साप्ताहिकबाट 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: