
काठमाडौँ – राष्ट्रिय गौरवको परियोजना मध्यपहाडी लोकमार्गका भ्रष्ट कर्मचारी नेपाल इन्स्योरेन्स कम्पनीका सिइओ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सीइओ मिली नक्कली वीमा गराई लाखौं ठगी गरेको खुलासा भएको छ । समाचार सुत्रका अनुसार मध्य पहाडी लोकमार्गमा काम गर्ने ३५ जना मजदुरहरुको नक्कली वीमा गराई ठेक्का कम्पनी ‘लोहरी ब्रदर्श र सिद्ध बाबा जे.भी.’ कम्पनीले दुईवटा बीमा कम्पनीसँग मिली लाखौं ठगी गरेको जनाएको छ ।
नक्कली वीमा गराई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मध्य पहाडी लोकमार्गको कार्यालयवाट लाखौं भुक्तानी दिएको भेटिएको छ । यस घटनामा परियोजनाका प्रमुख भ्रष्ट अयोध्या श्रेष्ठको मिलेमोतो रहेको एक कर्मचारीले। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीवाट भुक्तानी लिए पछि पुन ७ दिन पछि नेपाल इन्स्योरेन्स कम्पनीबाट नक्कली इन्स्योरेन्स ३५ जना कामदारको गराई विल भौचर सडक विभागमा पेश गरी भुक्तानीको लागि अगाडि बढाएको स्रोतको दावी छ ।
भ्रष्ट सडक विभागका कर्मचारीहरु मध्य पहाडी लोकमार्गका प्रमुख ठेकेदार कम्पनीका मालिक र दुई वटा इन्स्योरेन्स कम्पनीका सिइओहरुको मिलोमोतोमा यसरी भएको ठगीवारे हालै अख्यितयार दुरुपयोग अनुसन्धान आयोग र वीमा समितिमा उजुरी परेको छ ।
कसरी भयो त बदमासी ?
राष्ट्रिय गौरवको आयोजना मध्य–पहाडी राजमार्ग बनाउने जिम्मा लिएको कम्पनी ‘लोहनी एण्ड ब्रदर्श र शिद्धबाबा जे. भी.’ ले बीमा सम्बन्धी झुठा बिबरण सडक विभागमा पेश गरी भुक्तानी लिने प्रयास गरेको रहस्य प्रमाण फेला परेको छ ।
सडक निर्माणका क्रममा काम गर्ने ३५ जना नेपाली मजदुरहरुको बीमा गर्ने क्रममा उक्त कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा कोटेसन विवरण (डेबिट नोट) मा रु.१० को हुलाक टिकट टाँसी नेपाल इन्स्योरेन्स कम्पनीको छाप लगाएर बीमा गरेको गलत बिल सडक बिभागमा पेश गरी भुक्तानीका लागि बिल चलान गरेको बिबरण बाहिर आएको हो । सडक विभागका कर्मचारी र ठेकेदार (कम्पनीका मालिक)को मिलोमोतोमा उक्त कार्य अगाडि बढेको स्रोतको दावी छ . नेपाल इन्स्योरेन्स कम्पनीले गत जेठ ६ गते लोहोनी एण्ड ब्रदर्श र शिद्धबाबा जे.भी. कम्पनीका नाममा २७३६ र २७३७ नम्बरबाट क्रमशः ११ लाख ८३ हजार ५ सय १३ र ५४ हजार ६ सय १३ रुपैयाँको डेबिट नोट जारी गरेको थियो ।
उक्त डेबिट नोटमा २४ जनाको प्रतिव्यक्ति ५ लाख र ११ जनाको जनही १ लाखको दरले बीमांक कायम गरिएको छ । जस्मा २ जनाको बेनामी बीमांक उल्लेख गरिएको छ । इन्स्योेरेन्स कम्पनीले डेबिट नोटका साथमा सामुहिक दुर्घटना बीमा लेखनसमेत जारी गरिएको छ । सोही डेबिट नोटलाई बास्तविक जस्तो बनाई कन्स्ट्रक्सन कम्पनी लोहनी ब्रदर्शले गत जेष्ठको दोस्रो साता तिर सडक बिभाग मातहतको मध्यपहाडी लोकमार्गको कार्यालयसँग आँफुले सबै कम्पनीमा कार्यरत कर्मचारीहरुको बीमा गरिसकेको बताउँदै भ’क्तानीको लागी बिल पेश गरेको थियो ।
उक्त बिलका आधारमा भुक्तानी गर्ने प्रक्रियाका क्रममा फर्जी कागतपत्र भेटिएपछि बिल भुक्तानी तत्काल रोकिएको छ तर भित्री रुपमा कर्मचारी र ठेकेदारले सो भुक्तानी लिने स्रोतको दावी छ । विभिन्न सञ्चार माध्याममा समाचार आएपछि सडक विभाग भुक्तानी दिन हाललाई पछिहटेको एक कर्मचारीले बताए ।
यस सन्दर्भमा कागज पत्र सक्कली हो वा नक्कली हो भनी बुझ्दा नेपाल इन्स्योरेन्स कम्पनीले कुनैपनि रेकर्ड नै नभएको बतायो । उता नेपाल इन्स्योरेन्सको नयाँ सडक शाखा प्रमुख निर्गण प्रकाश सिंहले आँफूहरुले डेबिट नोट जारी गरेको तर सो बास्तविक पोलिसी नभएको बताउँदै भने, ‘उनले औपचारिक पोलिसी जारी नगर्दासम्म कार्यालयमा रेकर्ड नहुने लाजमर्दो कुरा बताए ।
कन्स्ट्रक्स कम्पनीका प्रमुख राम थापाले आँफूहरुले नेपाल इन्स्योरेन्सबाट केही दिनको उधारोमा बीमा गरेको र उक्त कागज पोलिसी नै भएको भनी ठगी गरेको बताए । उनले डेबिट नोटमा रु. १० को टिकट टाँसी कम्पनीले छाप हानेर दिएकोले यो बास्तविक पोलिसी भनेर आँफूले भुक्तानीका लागि सडक कार्यालयमा बिल पेश गरेको बताए । यसले प्रष्ट पारेको छ कि यसमा सबै मिली ठगी गरेका छन् ।
उनले बीमा कम्पनीको नयाँ सडक, काठमाडौं शाखामा कार्यरत हंसराज लगायतका कर्मचारीबाट आँफूले उक्त बीमाको प्रक्रिया अघि बढाएको बताए । उता नयाँ सडक शाखामा बुझ्दा आँफूहरुले डेबिट नोट जारी गरेको भएपनि टिकट टाँस्ने र छाप हान्ने काम नगरेको बताए ।उनीहरुले डेबिट नोटमा रु. १० को टिकट टाँस्ने र कम्पनीको छाप लगाउने कुरा अनुसन्धानको बिषय भएको बताउँदै चोखो भएको देखाउन खोजेको छन् ।
‘छापको दुरुपयोग भएको छ यो कसरी भयो त्यसबारेमा अनुसन्धान हुन जरुरी छ । यसरी छापको दुरुपयोग गरी कम्पनीको बदनाम गर्ने प्रयास भएको छ त्यस बारेमा हाम्रो गम्भ्रीर ध्यानाकर्षण भएको छ’, बीमा कम्पनीका नयाँ सडक शाखा प्रमुख सिंहले बताए पनि उनी नै यस काण्डको नाइके भएको प्रस्ट देखिन्छ ।
दुवै पक्षको प्रतिक्रिया बुझ्दा बीमा कम्पनीका कर्मचारीकोसमेत मिलेमतोमा छाप लगाउने र पोलिसी जारी गर्ने काम भएको देखिन आउँछ । त्यसो त बीमा कम्पनीले आफ्ना कर्मचारीको संलग्नताबारे छानबिन गर्ने भनी पन्छिन खोजेको छ र यस्ता भ्रष्ट कर्मचारीलाई कारवाही नगर्ने सिइओ नै यसमा मिलेको देखिन्छ ।
यसैबीच यस घटना बारे समचार माध्यममा समाचार आउन थालेपछि ठेकेदार कम्पनीले हतार–हतार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट कम्पनीको तर्फबाट त्यहाँ कार्यरत कर्मचारीहरुको बीमा गरी फेरि अर्को बिल पेश गरी मध्यपहाडी लोकमार्गको कार्यालयबाट भुक्तानी लिईसकेका छन । यस सन्दर्भमा सडक बिभाग अन्तरगतको मध्यपहाडी लोकमार्ग कार्यालयबाट फेरि अर्को बिलबाट तुरुन्तै भुक्तानी भएको बारे त्यस परियोजनाका प्रमुख अयोध्या श्रेष्ठसँग बुझ्न खोज्दा उनले कुनै कुरा बताउन चाहेनन् ।
यसमा उनीको सग्लनता देखिन्छ । यी भ्रष्ट प्रमुखको छानविन गर्न जरुरी छ कि छैन ? एक हप्ता अघि नक्कली कागजात पेशगरी रकम भुक्तानी लिन खोज्ने ठेकेदारलाई फेरि अर्को बिल बनाउन लगाएर भुक्तानी गरिने कार्यले परियोजना प्रमुख श्रेष्ठकै मिलोमतोमा भएको प्रष्ट भएपछि अख्तियार र बीमा समितिमा उनी बिरुद्ध पनि उजुरी परेको छ । यस विषयमा अख्तियारले समेत चासो देखाएको एक स्रोतले दावी गरेको छ ।
प्रस्तुती : राजतिलक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्