×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी भाँडियो कुमारी र एनसीसीको मर्जर !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यसरी भाँडियो कुमारी र एनसीसीको मर्जर !

२ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

शक्रवार भएको साधारणसभाबाट औपचारिक रुपमै एनसीसीसहित अन्य ४  बैंकहरुको मर्जरबाट कुमारी बैंक बाहिरिएको हो । असार ३१ गते शुक्रवार भएको कुमारी बैंकको साधारणसभाले मर्जर प्रक्रियाबाट बाहिरिने निर्णय भएको हो । साधारणसभामा मर्जरसम्बन्धी बिशेष पस्ताव लगिएकामा सो प्रस्तावका  विपक्षमा अधिकांस सेयरधनीहरूले धारणा राखेका थिए । 
कुमारी अधिकांश कर्मचारीहरू पनि मर्जरको बिपक्षमा थिए । पूर्वअध्यक्ष नुरप्रताप राणाको परिवार अर्थात पूर्वसञ्चालक अमिरप्रताप राणासहितको समुह पनि मर्जरको विपक्षमा थिए । शुक्रवार साधारणसभामा मर्जरमा जाने वा नजाने भन्ने बिषयमा गोप्य मतदान भएको थियो । मतदानमा सहभागि करिब ५० प्रतिशत भन्दा बढी सेयरधनीले मर्जरको विपक्षमा मतदान गरेका हुन् । 
सभामा बोल्ने अधिकांशले मर्जर र सन्चालक समितिको बिरोध गरे । साधारणसभामा जम्मा ६४ प्रतिशत सेयरधारण गरेका सेयरधनी (प्रोक्सीसहित) उपस्थित थिए । जबकी प्रस्ताव पारित हुनका लागि ७५ प्रतिशत मत चाहिन्थ्यो । कुमारीका कम्पनी सचिव नरेन्द्र छतकुलीले साधारणसभामा सन्चालक समितिले राखेको मर्जरसम्बन्धी बिशेष प्रस्ताव अस्वीकृत गर्ने पक्षमा मतदानमाफृत निर्णय भएको जानकारी दिनुभयो । कुमारीका संस्थापक लगानकिर्ताहरूले सो मर्जरले आफ्नो हित नगर्ने र मर्जर आत्मघाती हुने दावी साधारणसभामा गरेका थिए । 
साधारणसभामा उपस्थित सम्पूर्ण साधारण सेयरधनीहरू त मर्जरको झनै विपक्षमा रहेका थिए । उनीहरूले एनसीसीसँग मर्जरमा गएमा कुमारीको अस्तित्व सकिने धारणा राखेका थिए । सेयरधनीहरूले उठाएको सवालमा बैंक अध्यक्ष सन्तोषकुमार लामाले कुनै जवाफ दिन सकेका थिएनन् । 
मर्जर प्रक्रिया सकिँदै गर्दा अधिकांश प्रमोटरहरू समेत विपक्षमा उभिएपछी यसअघि नै मर्जर प्रक्रिया भाँडिने निश्चितजस्तै भएको थियो । मर्जरको बिषयमा छलफल हुँदा ठुलो बिरोध भएपछी मतदान प्रक्रियाबाट निर्णय गरिने तय भएको थियो । मर्जरको प्रस्ताव पारित हुनका लागि उपस्थित सेयरधनीहरूको ७५ प्रतिशत भोटको आवश्यकता पर्दथ्यो । तर, सञ्चालक समितिले प्रस्तुत गरेको सो प्रस्तावमा उपस्थित संख्याको ५० प्रतिशतको मात्र समर्थन रहेको बताइयो । 
मर्जरको प्रस्तावमा रहेका र बिरोधमा रहेका दुबै पक्षले आफ्नो पक्षमा निर्णय गराउनको लागि प्रोक्सी संकलन गरेका थिए । कुमारीको साधारणसभाको लागि सन्चालकको चुनावमा जस्तै ब्रोकर कार्यालयहरूमा गएर प्रोक्सी संकलन समेत गरिएका थियो । विशेष प्रस्ताव भएका कारण कम्पनी ऐनले उपस्थित संख्याको ७५ प्रतिशतको समर्थनमा मात्र प्रस्ताव पारित हुने व्यवस्था गरेको छ । त्यति संख्या नपुगेमा प्रस्ताव फेल हुन्छ । यसर्थ कुमारी बैंकले एनसीसीसहित ५ बैंकसँगको मर्जर प्रस्ताव फेल भएको हो ।
चालु आर्थिक बर्षमा कुमारी बैंकले ८० करोड रुपैयाँ भन्दा बढी खुद नाफा गर्दैछ । खरावकर्जाको असुली राम्रो भएकोले नाफा १ अर्ब नजिक पुग्ने सम्भावना छ । आर्थिक वर्ष २०७२। ७३ को नाफाबाट २० देखि २५ प्रतिशत बोनस सेयर दिन सकिन्छ । आर्थिक वर्ष २०७३।७४ को नाफाबाट पनि बोनस सेयर दिन सकिन्छ । त्यसमा अपुग पुँजीको लागि हकप्रद सेयर जारी गर्न सकिने हुँदा हुँदै किन मर्जरमा जाने ?’ अधिकांश सेयरधनीको भनाई यस्तै थियो । उनीहरूले हकप्रद सेयर जारी गर्दा सबै लगानीकर्ता खुशी हुन्छन्, लगानीकर्तालाई हरेक कोणबाट फाइदा छ । अन्य बैंकलाई असर नपर्ने कमारी बैंकको  साधारणसभाल मर्जरको  विपक्षमा निर्णय लिएमा एनसीसीसँग ४ वटा विकास बैंक भने मर्ज हुनेछन् । 
‘मर्ज प्रक्रियामा सहभागि मध्येकनु सै स्थाका  साधारणसभाले विपक्षमा निर्णय गरेको अवस्थामा मर्जको पक्षमा निर्णय गर्नेहरूसँग मर्जअगाडि बढाउने निर्णयमा सबैले हस्ताक्षर गरेका छौं । कुमारी आएन भने पनि ५ वटा बैंकबीच मर्ज हन्छ’ मर्जर  कमिटीका एक सदस्यलर् भने  । कुमारीमा  विवाद देखिएकोले मर्जर कमिटिले गत साता यस्तोनिर्णय गरेको उनले बताए ।
  • प्रस्तुती : शेयर बाजार साप्ताहिक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: