×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्ञानेन्द्रलालको कम्पनीमा राजस्वको छापा !

जलबिद्युत् व्यवसायी तथा सेयर बजारका ठूला खेलाडी ज्ञानेन्द्रलाल प्रधानले कर छलेको रकम तत्काल उठाउन राजस्व अनुसन्धान विभागले कारबाही अघि बढाएको छ । पधानसम्बद्ध संस्थाहरुले राजश्व छलेको ठहर्‍याउँदै विभागले ३२ कराड ६५ लाख ६२ हजार रुपैयाँ कर असुल्ने निर्णय गरी पत्र पठाइसकेको छ ।
प्रधान स्वामित्वको त्रिशक्ति केबल इन्डस्ट्रीज, हाइड्रो सोलुसन प्रालि र त्रिशक्ति इन्भेस्टमेन्ट प्रा.लि.मा कर छलेको फेला परेपछि रकम तिराउने निर्णय गरिएको हो । राजस्व अनुसन्धान विभागले गत मंसीर २० गते प्रधानको ज्ञानेश्वरस्थित घर र ज्ञानेश्वरमै रहेको त्रिशक्ति केबुलको अफिसमा छापा मारेको थियो । त्यसलगत्तै सितापाइलास्थित कम्पनीको गोदाम, उनको निजी कम्पनी हाइड्रो सोलुसनको स्वयम्भूस्थित अफिस,त्रिशक्ती कबेलका गैडाकोट (नवलपरासी) स्थित कारखानामा छापा मारेर कागजात तथा कम्प्यूटर कब्जा गरी अनुसन्धान सुरु गरेको थियो ।
छापाका क्रममा विभिन्न लेखा हिसाब रहेको कम्प्युटर, प्रधानले चलाउन ल्यापटप, खातापाता विवरण, बिक्री बिलविजक, स्टकलगायत नियन्त्रणमा लिइएका थियो। त्रिशक्ति केबुलमाथि २१ करोड ६३ लाख ८८ हजार रुपैयाँ कर निर्धारण गरिएको छ । स्रोतका अनुसार प्रधानले कर प्रयोजन र वास्तविक गरी दुईवटा अभिलेख राखेका थिए । उनको बेडरुमबाट बरामद गरिएको ल्यापटपमा उनीसम्बद्ध व्यवसायका कारोबार/आम्दानी खुलेको थियो । 
ल्यापटपमा उनले कर प्रयोजनका लागि दखाइएको कारा बारे र वास्तविक कारोबारको रकम छुट्याएर राखेका थिए । कर प्रयोजनका लागि उल्लख गरिएको रकमभन्दा वास्तविक कारोबारको रकम २२ करोड रुपैयाँ बढी थियो । बढी भएको रकमबाट छलिएको कर रकममा जरिवाना, ब्याज जोडेर रकम कर निर्धारण गरिएको हो । उनको आर्थिक वर्ष २०६५/६६ सालदेखि २०७१/७२ सम्मको रेकर्डलाई अरु प्रमाणबाट पुष्टि गरी कर निर्धारण गरिएको छ । राजस्व छलीमा चार वषभित्रका मात्रै कारोबार अनुसन्धान गर्न पाइन्छ । तर, चुहावट नियन्त्रण ऐनले जति वर्षको पनि अनुसन्धान गर्ने छुट दिन्छ । यसका लागि आन्तरिक राजस्व विभागका महानिर्देशकले अनुमति दिनुपर्छ । प्रधानले बयानका क्रममा ल्यापटपमा वास्तविक भनेर लेखिएको कारोबार वास्तविक नभई प्रोजेक्सनमात्र भएको जिकिर लिएका थिए ।
तर, अनसन्धानका क्रममा उनले वास्तविक कारोबार उल्लेख गरेको रकम नै वास्तविक देखिएको थियो ।  तैपनि प्रधानले डिपोसँग अग्रिम रकम लिने गरिएको र रकमभन्दा थोरैको सामान आपूर्ति भए पैसा फिर्ता दिने गरेको जिकिर बयानमा गरेका थिए । ‘तर उनले पैसा फिर्ता दिएको प्रमाण पेस गर्न सकेनन्’, स्रोतले भन्यो । फेरि डिपोका प्रतिनिधिले सामान बिक्री भएपछि पैसा दाखिला गर्ने गरिएको र अग्रिम पैसा दिन नगरिएको बयान विभागमा दिएका थिए । उनको त्रिशक्ति इन्भेस्टमेन्ट प्राइभेट कम्पनीमाथि पाँच करोड ३९ लाख ६९ हजार रुपैयाँ कर निर्धारण गरिएको छ । उनले आर्थिक वर्ष २०६८/६९ मा त्रिशक्ति इन्भेस्टमेन्टको मुनाफाबाट ३२ करोड रुपैयाँ लाभांश लिएका थिए । तर, लाभांशमा लाग्ने पाँच प्रतिशत लाभांश कर दाखिला गरेनन् । हाइड्रो सोलुसनलाई पाँच करोड ६२ लाख १५ हजार रुपैयाँ तिराउने ठहर्‍याइएको छ । हाइड्रो सोलुसनको लगानीकर्ता र परामर्शदाताका रुपमा गरी ४६ वटा हाइड्रोपावर परियोजनामा संलग्नता देखिएको थियो । 
प्रधान सञ्चालक नभएको परियाजनामा परामर्श दिए वापत पाएको रकम उनले अभिलेखमा उल्लेख गरे पनि सञ्चालक भएको कम्पनीमा सोही किसिमको सेवा दिँदा आय नखुलाइएको फेला परेको थियो । यसरी आय नखुलाएको रकम गणना गरी कर निर्धारण गरिएको थियो ।  
उनले त्यतिबेला एक करोड ७० लाख रुपैयाँ तिरे पुग्थ्यो । तर अहिले जरिवाना/ब्याजसमेत गरी सो रकम निर्धारण गरिएको हो । प्रधानले कर निर्धारणविरुद्ध राजस्व न्यायाधीकरणमा मद्दा हाल्ने बताएका छन् । निधार् रित गरिएको कर रकमको एक तिहाई रकम धरौटी राखेर आन्तरिक राजस्व विभागका महानिर्देशक नेतृत्वको पुनरावलोकन समितिमा पुनरावेदन गर्न सकिन्छ ।
को हुन प्रधान ? 
नेपाल विद्युत् प्राधिकरणमा लामो समय इञ्जिनियर पदमा जागिर खाएका प्रधान पछिल्लो समय विदेशी जलमाफीयाहरूको एजेन्टको रुपमा काम गर्ने गरेका छन् । वाकपटु भएकाले मिडियालाई समेत प्रभावमा पार्न सफल उनी उद्योग बाणिज्य महासंघमा समेत लामो समयदेखि केन्द्रीय सदस्य छन् । शुरुमा ज्योती समूहसँग
मिलेर बुटवल पावर कम्पनीमा पसेका उनले लामो समय बीपीसीको कार्यकारी प्रमुखको रुपमा काम गरे । बीपीसीको विभिन्न जलविद्युत् योजनामा अनियमितता गरेको फेला पारेपछि उनलाई ज्योति समूहले बीपीसीमा रहेको उनको सेयर किनिदिएर हटाएका थिए । आफूले कम्पनी छाडेपछि उनले कतिपय गोप्य कागजातहरू बोकेर हिँडेको र पछि सोही कागजातमार्फत् कतिपय विदेशी कम्पनी र मिडियालाई समेत उपलव्ध गराएकोमा कम्पनीले आपत्ति जनाएका थियो ।
प्रधानका कम्पनीविरुद्ध भरपर्दो उजुरी परेपछि उनीसम्बद्ध प्रतिष्ठान र घरमा छापा मारिएको थियो। छापामा संलग्न एक कर्मचारीका अनुसार उनलाई कारबाही नगर्न दबाब आउने पूर्वानुमान थियो । उनको घरमा राजा ज्ञानेन्द्रसँग भेटेको र गिरिजाप्रसाद कोइरालादेखि केपी ओलीसम्म सबैजसो प्रधानमन्त्रीसँग हात मिलाएको फोटो सजाइएका थिए । छापा मारेपछि थुप्रै शक्तिशाली व्यक्तिले फोन गरेर उनीमाथिको कारबाहीबारे चासो राखेका थिए । उनलाई जरिवना नगरी करमात्र तिराएर छाडिदिन अर्थमन्त्रीले नै दबाब दिएको बताइएको छ ।
  • शेयर बजार साप्ताहिक 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: