अर्थसरोकार संवाददाता
नयाँ दिल्ली, भारत

नेपाल पत्रकार महासंघ भारत शाखा तदर्थ समितिले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। नेपाली समूदायको प्रतिनिधि संस्था नेपाली राजदुतावास, नेपाल वायु सेवा निगम, नेपालका प्रमुख राजनैतिक दलका जन वर्गिय संगठनहरु तथा विभिन्न गैर राजनैतिक सामाजिक संघ सँस्था, रेमिटेन्स सेक्टरमा कार्यरत संस्था र अल इण्डिया रेडियो नेपाली सेवामा कार्यरत प्रतिनिधिहरुको बृहद भेला गराएर सभा सम्पन्न गरेको हो।
कार्यक्रम महासंघको सभाहल जी—३५, भैरों मन्दिर, तिस हजारी दिल्लीमा भव्य एवं शानदार रुपमा सम्पन्न भएको थियो। महासंघ भारत शाखाका सभापति लोकेश शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली राजदुतावासका शिक्षा एवं साँस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्तले पत्रकारिता क्षेत्रले समग्र राष्ट्रको लागि अहम भुमिका निर्वाह गर्ने वताउदै निष्पक्षतालाइ अवलम्बन गर्दै अगाडी बढ्न सुझाव दिनु भएको थियो।
सह—कोषाध्यक्ष हिम शिखरले स्वागत मन्तब्य गरेको सो कार्यक्रममा उप—सभापति देबेन्द्र कुँवरले धन्यवाद ज्ञापन सहित सहि र निष्पक्षताकै लागी हामी महासंघमा आवद्ध भएका हौ र समय समयमा हामीलाइ सूचनाको हकमा चाहिने सामाग्री उपलब्ध गराएर सहयोग गर्न संगठनहरुले पछी पर्न हुदैन भन्नुभएको थियो।
सचिव ऋषिराम अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा सभापति लोकेश शाहले सबै महासंघमा आवद्ध साथीहरुले निष्पक्ष रुपमा कार्य गर्दै अगाडी बढ्न जरुरी रहेको वताउदै दुतावासले आफुसंग आएका विभिन्न घटनाहरुलाइ निराकरणमा खेलेको भुमिका विषय र अन्य विभिन्न कार्यहरुको प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन सके हामीले धेरै भन्दा धेरै मिडियाहरुमा सूचना पठाउन सक्ने कुरालाइ जोड दिएर बोल्नु भएको थियो।
कार्यक्रम महासचिव गोबिन्द पोख्रेलले संचालन गरेको सो साधारण सभाको कार्यक्रम गरेको मितिदेखि भारतको आर्थिक राजधानीको रुपमा रहेको मूम्बइमा कार्यरत श्रमजिबि पत्रकारहरु भुमिलाल पौडेल, दिनमणि पाण्डे र देवीकला पाण्डे तथा नेपाल वानमा कार्यरत आकांक्षा पाण्डे तथा महेशसिंह रैखोलालाइ सदस्यमा समाहित गरेकोछ।
तस्वीर: कृष्ण शर्मा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्