Skip to content
LAXMI SUNRISE BANK

एकै परिवारका ४ जना सहित यी सात जना थिए दुर्घटनाग्रस्त हेलिकोप्टरमा (नामावलीसहित)

अर्थ सरोकार

तश्वीर : बिजपाटी 
  • अर्थ सरोकार सम्बाददाता / नुवाकोट 

नुवाकोट – हेलिकोप्टर दुर्घटनाको थप जानकारी आएको छ । दुर्घटना भएको फिस्टेल एयरको हेलिकप्टरमा एकै परिवारका चार जना सहित ७ जना रहेका खुलेको छ ।

 गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ, गुरुङका  ५ दिने छोरा, सासु अज्ञानी गुरुङ र ससुरा कितमान गुरुङ, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ् र उहिया गाविस खोर्ला गाउँकी लक्ष्मी गुरुङ् हेलिकोप्टरमा रहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।

गोरखाबाट काठमाडौँको आउने क्रममा सम्पर्क बिहिन बनेको फिस्टेल एयरको नाइन एनएकेए कल साइनको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको   हो ।  अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै नुवाकोटको प्रजिअ विष्णुप्रसाद पोखरेलले हेलिकप्टर मदनपुर ९ को जंगलमा खसेको जानकरी स्थानीयबाट आएको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK