Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकका सीइओको सर्टिफिकेट नै नक्कली ? छानविन गरी पाउँ भनी अख्तियारमा उजुरी

अर्थ सरोकार

काठमाडौँ – हिमालय शम्सेर जवराका छोरा अशोक सम्शेर जवराको एसएलसी र आइएको सर्टिफिकेट नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको छ । सुन्दा लेख्दा र पढ्दा समेत पत्याउन गा¥हो जस्तो देखिएपनि अशोक राजासावको शैक्षिक योग्यतामाथिनै प्रश्न भने उठेको छ ।
सुपरभाइजरबाट बैंकिङ क्षेत्रमा जागिर शुरु गरेका अशोक राजा अहिले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । तर उनीको शैक्षिक प्रमाण–पत्र नेपालको सरकारले दिएको छैन । लण्डनको सरकारले दिएको छ । उनीले लण्डनमा पढेका थिए । राणाहरु जव भागेर नेपाल छाडे त्यस बेला अशोक राजा पनि स–परिवार लण्डन पुगे । उतै पढे, बढे अनि पछि नेपाल आएर बैंकमा जागिर शुरु गरेको खुलासा भएको छ । 
‘उनले नेपालमा एसएलसी पढेनन्, नक्कली प्रमाण–पत्र बनाएर लण्डन गएर भर्ना भए उतै पढे ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालै हिमालयन बैंकका सिइओ अशोक सम्शेर राणाको शैक्षिक प्रमाण–पत्र छानवीन गरिपाऊँ भन्दै परेको उजुरीमा उल्लेख छ । 

गत साउन ३० गते अख्तियारमा परेको उजुरीमा भनिएको छ । अधिकाशं राणा परिवारका सदस्यहरुको शैक्षिक प्रमाण–पत्र नक्कली छ र हाम्रा बैंकका सिइओको पनि छानविन गरि पाउँ भनी बैंकका शेयरधनीहरु र एक संचालकले अख्तिारमा हालेको उजुरीमा उल्लेख गरिएको छ । 
उजुरीमा भनिएको छ, ‘उनीको एसएलसी र आइएको प्रमाण–पत्र नक्कली छ । उनीले लण्डनमा पढेका प्रमाण–पत्र नक्कली छ । उनीले लण्डनमा पढेका हुन । उनीको सवै शैक्षिक प्रमाण–पत्र राष्ट्र बैंक मार्फत झिकाई छानविन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ 
अशोक राणा हाम्रा बैंकका सिइओ हुनुहुन्छ । उहाँको सिइओ हुने योग्यता कति हो । कस्तो शैक्षिक प्रमाण–पत्र चाहिन्छ । बाबु गर्भनर भएकै कारण छोरा सिइओ हुने भए सबै हुने थिए । सो उजुरीमा उल्लेख गरिएको छ । स्कूल पढ्दा पढ्दै अण्डन पुगेका अशोक राजाले आइएको नक्कली प्रमाण–पत्र बनाएको चर्चा भएकोले सत्य तथ्य के हो छानवीन गरिदिनुहुन भन्दै अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सम्बोधन गरिएको पत्र राजतिलकसँग सुरक्षित छ ।
सो पत्र एक संचालकले दिएका हुन् । उजुरीमा शेयरधनी र संचालकहरुले भनेका छन् । हाम्रो बैंकमा दर्जनौ घटना घट्दै आए र घट्दै छन् । जनताको पैसा डुब्ने भएको छ । हालै राष्ट्र बैंकले १ करोडको जरिवाना ग¥यो । अर्बभन्दा माथीका ऋण उठेको छैन । हामी शेयरधनीहरुको पैसाको संरक्षण गर्ने व्यक्ति कै नक्कली शैक्षिक प्रमाण–पत्र भएको कुरा बाहिर ल्याई दिनु हुन अनुरोध गर्दछौं । 
सिइओ माथी नै प्रश्न चिन्ह लागेकाले हामीले उहाँले सफाइ पाउने उपाय स्वरुप यो उजुरी श्रीमान प्रमूख आयूक्त लोकमान सिंह कार्कीज्यूलाई सम्बोधन गरि दर्ता गरेका हौं । यदि नक्कली हो भने हामी उहाँलाई बैंकको कार्यकारी पदबाट हटाउन सक्दछौं । उजुरीमा उल्लेख छ । 
अख्तियारमा दर्ता भएको भएको उजुरीको बोधार्थ प्रधानमन्त्री कार्यालय, सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग गृशमन्त्रालय, शिक्षा मन्त्रालय, प्रहरी प्रधान कार्यलय, राजश्व अनुसन्धान विभाग नेपाल राष्ट्र बैंकमा समेत दिएको उल्लेख गरिएको छ ।

हाम्रो काम जनताको सम्पत्ती सुरक्षित होस् भन्ने हो । कसैको चरित्र हत्या गर्ने भन्ने हाम्रो मनसाय होइन अख्तियारमा परेको उजुरीको आधारमा यो समाचार तयार पारेको हो । – सम्पादक, राजतिलक ।

  • प्रस्तुती : राजतिलक साप्ताहिक

हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK