२ वर्ष अगाडी बैंकका तत्कालीन सिइओ रमेश कुमार भट्टराईले रतन सघाईलाई दिएको ४० करोड डुब्ने निश्चित भएको छ । औषधी व्यवसायी रतन संघाई प्रहरीको फन्दामा परेपछि जनता बैंकको ४० करोड डुब्ने भएको हो । बैंकका सदावहार सञ्चालक गुरुप्रसाद न्यौपाने अध्यक्ष उदय नेपाली श्रेष्ठको दवावमा तत्कालीन सिइओ भट्टराईले दिएको ४० करोड रकम डुब्ने भएपछि न्यौपाने र नेपाली तनाबमा परेको बैंक स्रोतको दाबी छ ।
राष्ट्र बैंकले मर्जर भाडेको भन्दै गत साता सचेत–पत्र दिइको र तीन महिना मर्जरको प्रक्रिया नलिने भन्दै जनता बैंकलाई कालो सूचीमा राखेको थियो । यसको लगतै ४० करोड रकम डुब्ने भएपछि बैंकका भ्रष्ट संचालकहरुको मुटुले ठाउँ छाडेको छ । बैंक स्रोत भन्दछः– नियमित रुपमा व्याज तिर्दै आएको संघाई गु्रपका अध्यक्ष पवन संघाईका आफन्त हुन रतन संघाई । संघाईको बास जेलमा हुने भएपछि जनता बैंकले दिएको ४० करोड जनताको पैसा खरानी हुने भएको हो ।
रतन संघाई एभरेष्ट इस्योरेन्स र एच.पी ग्यासका संचालक हुन । जनता बैंकले ग्यास कम्पनी र औषधी कम्पनीका नामका पटक- पटक गरि ४० करोड कर्जा दिएको थियो । रतन संघाईलाई लागु औषधी ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनको मुद्दा बरिष्ठ अधिवक्ता शम्भू थापाले हेदैछन् ।
तत्कालीन जनता बैंकका सिइओ रमेश कुमार भट्टराईलाई यिनै रतन संघाईलाई थप १० करोड कर्जा दिन न्यौपाने र नेपाली पटक÷पटक दवाव दिएपछि उनीले ६ महिना कार्यकाल बाँकी हुँदै राजीनामा दिएका थिए ।
उता बैंकका सिइओ कुमार लम्सालले एउटा साप्ताहिक पत्रिकालाई अन्र्तवार्ता दिदै भनेका छन्ः जनता बैंक राम्रो भएको छ । सफा गरेको छु, म आएपछि नाफा बढाएको छु । त्यस्तो छैन मर्जरको खर्च सबै माछापुछ्रे बैंकको भयो । हाम्रो १ रुपौया भएके छैन भनी रहँदा ४० करोड उठाउने जिम्मा अब कुमारजीको नाममा आउने निश्चित भएको छ । हेरौं कसरी ४० करोड उठाउला त लम्सालले ।
प्रस्तुती : राजतिलक
जनता बैंक सम्बन्धि यी सामाग्री छुटे कि ?
- समाचार टिप्पणी : के जनता बैंकले उठाउन सक्ला त रतन संघाईको ४० करोड रुपैयाँ ऋण ?
- चालीस करोड ऋण लिएका रतन संघाइ पक्राउ परेसँगै जनता बैंकका सञ्चालकहरु तनावमा !
- जनता र माछापुछ्रे बैंक कालो सूचीमा
- उदयको ५ करोड एमालेलाई ?
- लम्सालका फाइल अख्तियार पुगे !
- जनता बैंकमाथि छानविन गर
- जनता बैंकमा न्यौपाने र लम्सालको लुट कहिलेसम्म ? अनुमति–पत्र खारेजी गर्ने राष्ट्र बैंकको चेतावनी !