
- अर्थ सरोकार सम्बाददाता
नगरकोट – रमणीय पर्यटक स्थल । काठमाडौँबाट नजिक भएकाले पनि नगरकोट साथीभाईबीचको रमाइलोको गन्तब्य बन्न सक्छ । प्रकृतिसँग रमाउनेहरुका लागि होस वा काठमाडौँको कोलाहलबाट बच्न । वा रमाइलो गर्ने बहानामा कतै घुम्न नै किन नहोस्, नगरकोट एक उत्तम विकल्प हुन सक्छ । तर विचार गर्नुहोस् नगरकोटमा तपाईं धेरै ठाउँमा ठगिनु हुन्छ तपाईं !
नगरकोट जाने गाडी
नगरकोट जाने गाडीमा धेरैजसो पर्यटक ठगिन्छन् । शुक्रबार तपाईं नगरकोट जानुभयो भने सहचालकले विद्यार्थी परिचयपत्रको छुट समेत नदिन सक्छन् । यसरी कुनै बार भनेर विद्यार्थीलाई छुट नदिनु अपराध हो । बहस गर्नुहोस्, छुट पाइन्छ । अधिकारको कुरा हो । हजारौं खर्च गरेर रमाइलो गर्न जाने ठाउँमा केहि रुपैयाँका लागि के किचकिच गर्नु भन्ने तपाईंको कुरा हुन सक्छ । तर यस्तो सोच्नु मुर्खता हो ।
नगरकोटका होटल :
नगरकोटका होटलमा पनि अचाक्ली लुट हुने गरेको छ । सामान्यतया नगरकोटमा ८०० देखि १००० रुपैयाँसम्मको कोठा पाइन्छ । १००० रुपैयाँमा त राम्रै कोठा पाइन्छ । तर तपाईं बेलुका जानुभयो भने त्यहि कोठाको १५०० देखि २००० सम्म लिने गरिएको छ । बाटोमा तपाईंलाइ कसैले कोठा चाहिएको हो भनेर सोध्यो भने ती दलाल हुन सक्छन्, विचार गर्नुहोस् । यसरी मान्छे ल्याएर केहि रकम कमिसन लिएर दलाली गर्नेहरुको फन्दामा पर्न सक्नुहुन्छ तपाईं ।
टावर लैजाने बहानामा ठगी
नगरकोटको अर्को आकर्षणको बिन्दु हो भ्यु टावर । तर हिडेरै, रमाइलो गरेर पुगिने ठाउँमा पनि महँगो भाडा लिएर ठगी गर्नेहरु सलबलाएका छन् । मान्छे हेरेर पैसा लिने चलन छ । जोडी देख्ने बित्तिकै महँगो भाडा लिने गरिन्छ । कुनै पनि गाडीलाई त्यहाँ जाने रुट परमिट छैन । तर आफ्नै गाडी भन्दै होटलहरुलेनै महँगो पैसा लिएर भ्यु टावर घुमाउन लैजाने गिरोह नै नगरकोटमा सक्रिय छ ।
खानामा व्यापक ठगी
नगरकोटमा खाइने खानामा पनि लुट छ । ३७५ रुपैयाँ सम्म पर्ने चिकेन खानामा मेनुमा लेखिएकोजति खाना आइटम हुँदैन । तपाईंले यसबारे बोल्नु भयो भने उनीहरुले पैसा घाटाईदिन्छन् । तर सम्बन्धित निकायको ध्यान नजानु र अनुगमन नहुनुले यसरी खानामा पनि व्यापक लुट हुने गरेको छ ।
मदिरामा पनि ठगी, म्याद गुज्रेका समानको बिगबिगी उस्तै :
नगरकोटमा मदिरामा पनि ठगी हुने गरेको छ । मदिरा किन्दा विचार पुर्याउनु पर्छ । मदिरासँगै खाइने लेज, कुरकुरे जस्ता स्न्याक्सहरु म्याद गुज्रेका समेत हुन सक्छन् । विचार पुर्याउनुहोला । तस्विर : गुगल
यो पनि पढ्नुहोस् :