Skip to content
LAXMI SUNRISE BANK

टेलिकमको रिचार्ज समस्या समाधान

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – नेपाल टेलिकमको ‘एनटि रिचार्ज’ कार्डमा शानिबारदेखि आएको समस्या समाधान भएको छ। सिस्टम अपडेट गर्न लाग्दा पछिल्लो ४० घण्टादेखि रिचार्जमा देखिएको समस्या शनिबार ३ बजेदेखि समाधान भएको जानकारी प्राप्त भएको छ ।  सिस्टमलाई पून पहिलाकै अवस्थामा(रोलव्याक) गरेपछि समस्या समाधान भएको  हो । 

  शनिबार बिहानैबाटै भोएएमएस सिस्टमको भौचर म्यानेजमेन्ट रिचार्ज कार्ड पुरानो भएको भन्दै क्षमता वृद्धिका लागि सानो सफ्टवेयर अपडेटको काम थालेको तर सिस्टम अपडेट असफल हुँदा समस्या भयो । दुइपटक सम्मको प्रयास असफल भएपछि समस्या सिर्जना भएको थियो ।  अहिले प्रयोग हुँदै आएको रिचार्ज गर्ने सिस्टम पुरानो भएको र ढिला रिचार्ज हुने गरेका कारण सफ्टवेयर थप गरी क्षमता विस्तार गर्न लागिएको  जानकारी पाईएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK