
- नीलकण्ठ शर्मा
मैले केही दिन पहिला फेसबुक मार्फत काठमाडौंको कपन क्षेत्रको सडक निर्माणको दुराअवस्था बारे अनुगमन गरिदिन काठमाडौं क्षेत्र नम्बर ४ का निर्वाचित साम्सद गगन थापालाई सार्वजनिक आव्हान गरेको थिए ।
म केही दिनदेखि जन्मथलो पर्वत फलेवासमा आमाबुबासग रमाउदै थिए । मेरो आव्हानलाई कदर गर्दै हिजो गगन थापाको सचिवालयले मलाई जानकारी गरायो । म हिजो राती मात्र काठमाडौं आए ।
आज बिहान (मिति २०७३ भाद्र ६ गते सोमबार) ८ देखि १०:३० बजे सम्म गगन थापाको नेतृत्वमा कपनको मिलन चोकमा यसबारे सार्बजनिक सुनुवाइ भयो ।
कार्यक्रममा गगन थापाको आग्रहमा काठमाडौं सडक डिभिजन कार्यालय, मेलम्ची खानेपानी आयोजना, धोबी खोला कोरिडोर आयोजना, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख लगायत सडकसग प्रत्यक्ष रूपमा सम्बन्धित कार्यालयका प्रमुख, ईन्जिनियर, राजनीतिक दलका नेता, पत्रकार र यो क्षेत्रका सयौ सचेत नागरिकहरुको उपस्थिति रहेको थियो ।
साम्सद गगन थापाको सचिवालयले मैले फेसबुकमा लेखेको स्टाटस प्रीन्ट गरेर ल्याएको रहेछ । सबै नागरिकको तर्फबाट मलाई नै यो बारेमा प्रस्तुत गर्न अवसर दिइयो । प्रस्तुति गरेपछि यिनै कुरा मैले उहालाई बुझाए ।
मेरो प्रस्तुति पछि सम्बन्धि सम्पुर्ण कार्यालय/आयोजना प्रमुखले स्पस्टिकरण दिएर यो क्षेत्रको सडकको दुराबस्था देखेर आफुहरु लज्जित भएको भन्दै, क्षमा माग्दै सकेसम्म छिटो छरितो यो कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा दर्जनौं नागरिकहरुले पनि सडक निर्माणम भएको ढिलासुस्ती बारे आआफ्नो पिडा राखे ।
अन्त्यमा साम्सद गगन थापाले आफुले यसबारे गरेको प्रयासबारे जानकारी दिदै आगामी दिनमा सम्बन्धित निकायसँग समन्वय गरेर यो क्षेत्रको सडक र अन्य पुर्वाधार बिकासमा पुर्ण रूपमा ध्यान दिने प्रतिबद्धता जनाउनु भयो ।
फेसबुकमा लेखेको स्टाटस र कपन क्षेत्रका नागरिकको पिडालाई कदर गर्दै माननीय गगन थापाले देखाएको जवाफदेहिता प्रती सम्पुर्ण कपनबासिको तर्फबाट आभार प्रकट गर्दछु ।
सामाजिक संजालको उचित सदुपयोग गर्दै कपन लगायत देशै भरीका यस्तै प्रकारका समस्याको छिटोछरितो समाधानको लागि सम्बन्धित पक्षलाई निरन्तर दबाब दिनकोलागि सम्पुर्ण सचेत नागरिकहरुसग विनम्र आग्रह गर्दछु ।
नीलकण्ठ शर्माका यी ब्लग हरुपढ्न छुटाउनु भयो कि ?