×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको ‘झुर’ सेवाको नमुना नम्बर १ : चाहिएको बेला चल्दैन एटिएम, ग्राहकलाइ सास्ती !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु बैंकको ‘झुर’ सेवाको नमुना नम्बर १ : चाहिएको बेला चल्दैन एटिएम, ग्राहकलाइ सास्ती !

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


  • इन्भेष्टिगेसन ब्युरो / अर्थ सरोकार डटकम 

प्रभु बैंक । काठमाडौँ बिजुलीबजारमा मुख्य कार्यलय भएको र जनताले राम्रै मानेको बैंक । तर पछिल्लो समय प्रभु बैंकले दिने ‘झुर’ सेवाबाट सेवाग्राहीहरु वाक्क, दिक्क भइसकेका छन् । प्रभु बैंक कमजोर व्यवस्थापन लगायतका विविध कारणहरुले पछिल्लो समय जनताको मनबाट टाढा हुने बाटोमा रहेको सेवाग्राहीहरु बताउँछन् । 
अर्थ सरोकार डटकमसँग प्रभु बैंकले विविधखाले गुनासो पोखेका छन् । जसलाई हामी धारावाहिक रुपमा प्रस्तुत गर्नेछौं । आजको अंकमा हामी प्रभु बैंकको ‘झुर’ सेवाको नमुनाको रुपमा बैंकले संचालन गरीरहेको एटिएम सेवाका बारेमा विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं ।
झुर सेवा, हैरान सेवाग्राही :
तपाईं प्रभु बैंकको एटिएम प्रयोग गर्नुहुन्छ भने  बैंकको ‘झुर’ सेसेवाबाट तपाईं पनि दिक्क हुनुहुन्छ होला । कहिले ‘पैसा ननिस्किने तर खाताबाट पैसा काटिने’ , उक्त समस्या रिपोर्ट गर्दा पैसा आउन निकै समय लाग्ने, लगायतका समस्या त सामान्य भए, बैंकको एटिएम पटकपटक बिग्रिने गरेको छ । आवश्यक परेर पैसा निकाल्न जाँदा एटिएमनै नचल्दा ग्राहकहरु हैरान हुने गरेका छन् । विशेषगरी शनिबार एटिएममा समस्या हुँदा ग्राहकहरु हैरान हुने गरेका छन् । 
मंगलबार बेलुका ८ बजे काठमाडौँको सिभिल अस्पतालमा बुबालाई इमर्जेन्सीमा लागेका बैंकका एक ग्राहक भन्छन्, ‘बुबालाई एमरजेन्सीमा राखिएको छ । तत्काल पैसा चाहिएको छ । एटिएममा समस्या छ । बानेश्वरमा रहेको एटिएम लन्ज, तिनकुनेको एटिएम, मुख्य कार्यालयमा रहेको एटिएम  कुनैपनि  नचलेपछि उनीसँग आफन्तसँग पैसाका लागि गुहार्नुको विकल्प रहेन । 
‘नमागौं बैंकले धोका दियो, आफन्तसँग पैसा मागौं बहाना बनाएजस्तो हुन्छ ।’ उनले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।  यो घटना पहिलो भने होइन । यस अगाडी पनि पटक पटक बैंकको एटिएममा यस्तो समस्या आएको थियो । 

२४ घण्टा खुल्ला हुनुपर्ने एटिएम  पटक पटक बन्द :
एटिएममा समस्या आउने मात्र होइन प्रभुको एटिएम  पटक पटक बन्द हुने गरेको छ । यो समस्याचाहिं तीनकुने साखामा रहेको एटिएम प्रयोगकर्ताहरुले बढी भोग्ने गरेका छन् । तीनकुनेस्थित एटिएम  प्रयोगकर्ताहरु मध्येका एक प्रयोगकर्ता भन्छन्, ‘सेवा निकै झुर छ । 
 २४ घण्टा खुल्नु पर्ने एटिएम  कहिलेकाहीं विहान पनि बन्द हुन्छ कहिले काहीं दिउँसो पनि बन्द हुन्छ । कहिलेकाहीं लोडसेडीङ हुँदा समस्या हुनु भनेको सामान्य हो, तर यसरी जनतालाई झुक्काएर बैंकले दिने यो झुर सेवाले भने सबैलाई वाक्कै बनाइसक्यो ।  
बैंक भन्छ, ‘प्राविधिक समस्या हो’ 
यस बिषयमा अर्थ सरोकार डटकमका प्रतिनिधिले बैंकमा सम्पर्क गरी बुझ्ने प्रयास गरेको थियो । फोन उठाउने कर्मचारीलाई बैंकको एटिएम पटक पटक बन्द हुनुको कारणबारे सोध्दा बैंकका कर्मचारीले प्राविधिक समस्या भएको र मिलाउने प्रयास भइरहेको बताईन् । ‘प्राविधिक समस्या हो, समाधान हुँदैछ। ‘ उनले छोटो प्रतिक्रिया दिइन् । 
यता बैंकको ‘काइते’ सेवाबाट हैरान भएका कतिपय ग्राहकहरुले बैंकको खाता समेत बन्द गरीसकेका छन् भने केहि ग्राहकहरु खाता बन्द गर्ने सुरमा रहेको बताउँछन् । बैंकको समस्या यस्तै ‘झुर’ भइरहे प्रभु बैंकका ग्राहकहरुले पनि सेवा र सुबिधाका कारण प्रभु बैंकलाइ होइन प्रभुकै आशामा बैंकमा जानुपर्ने हुनसक्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: