- रोहन शर्मा
खै, कुरा कहाँ पुग्यो?
१. सेयर बजारमा गैरआवासिय लगानिकर्तालाई सहज प्रवेश गराएर उनिहरुले कमाएको आफु रहेको मुलुक लैजान पाउने ब्यवस्था हुने कुरा थियो ! खै, कुरा कहाँ पुग्यो?
२. दुई बर्ष अगाडी नेप्सेका महाप्रबन्धकले न्यूरोड दरबारमार्ग लगायतका प्रमुख स्थानमा डिजिटल होर्डिङ बोर्ड राख्ने कुरा गरेका थिए। जस्को लागी बजेट पनि छुट्टाई सकिएको भनेका थिए । खै, कुरा कहाँ पुग्यो? बजेट कहाँ गयो?
३. खुल्लम खुल्ला भैरहेको ईन्साईड ट्रेडिङ गर्नेलाई कारवाही गर्ने कुरा थियो। खै, कुरा कहाँ पुग्यो?
४. कालो धन कालो धन भन्ने भुतले लगानिकर्ताको सातो लिन थालेको ३ महिना भैसक्यो , अहिलेसम्म भुत समातिएको कुरो भने सुनिएन। खै, कुरा कहाँ पुग्यो?
५. नेप्से ईण्डेक्स २९२ हुँदा देखी नागरिक लगानी कोषलाई बजार निर्माताको रुपमा प्रवेश गराउने कुरा थियो। अहिले ईण्डेक्स १८०० पुगिसक्यो। खै, कुरा कहाँ पुग्यो?
६. ब्रोकरलाई मार्जिन ल्याण्डिङको काम दिने कुरा पनि धेरै भयो सुनेको। खै, कुरा कहाँ पुग्यो?
७. चार खर्ब बजार पुँजीकरण हुँदा ब्रोकर सँख्या ५० थियो अब अहिले अठार खर्ब हुँदा पनि ५० नै छ। नयाँ ब्रोकर थप्ने कुरा थियो। खै, कुरा कहाँ पुग्यो?
८. पुँजी बजारलाई देशब्यापी बिस्तार गर्न बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा भएको पनि धेरै भयो। सँगै आएको कमिसन घट्ने कुराले मुर्त रुप पाईसक्यो। बैंकलाई लाईसेन्स दिने कुरो भने कहाँ अड्कियो? खै, कुरा कहाँ पुग्यो?
९. म्याद नागिसकेको र धराप अवस्थामा रहेको नेप्सेको सफ्ट्वेयर तुरुन्त परिवर्तन गर्न अत्यन्त जरुरी छ। कुरा भएको पनि धेरै भयो तर काम भने भएन। खै, कुरा कहाँ पुग्यो?
१०.अनलाईन ट्रेडिङको कुरा सुनेको पनि धेरै भयो । खै, कुरा कहाँ पुग्यो?
११.मर्चेण्ट बैंकहरुको अवस्था अस्तब्यस्त छ । ग्राहकले पाउनु पर्ने न्युनतम सुबिधा पनि पाईरहेका छैनन्। यिनिहरुकहाँ नगई पनि नहुने जाँदा जिउनै भारी हुने अवस्था छ। मरर्चेण्ट बैंकहरुलाई ब्यवस्थित गर्ने कुरा भएको पनि धेरै भयो। खै, कुरा कहाँ पुग्यो?
१२.लगानिकर्तालाई लगानिकर्ता परिचयपत्र बाँड्ने कुरा पनि केहि समय अगाडी आएको थियो। खै, कुरा कहाँ पुग्यो?
क्रमिक रुपमा छिटो भन्दा छिटो माथीका सबै बिषयहरुले मुर्तरुप पाउनेमा हामी लगानिकर्ता आशाबादि छौं।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्