×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइ कन्स्ट्रक्सनको मनोमानी : मसानघाट माथि हाउजिङ बनाउने अनि उल्टै मनपरी गर्ने ? (फलोअप नम्बर २)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सीइ कन्स्ट्रक्सनको मनोमानी : मसानघाट माथि हाउजिङ बनाउने अनि उल्टै मनपरी गर्ने ? (फलोअप नम्बर २)

Artha Sarokar

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • इन्भेष्टिगेसन ब्युरो / अर्थ सरोकार डटकम 

काठमाडौँ – नेपालमा पावर र पैसाका भरमा जसले जे गरेपनि हुन्छ  भन्ने शैलीमा सीइ कन्स्ट्रक्सनले मनपरी गरेको त छ नै, त्यसलाई सुधार्ने काम समेत गरेको छैन । एकातर्फ उक्त कम्पनीले स्वीकृति नै नलिइ हाउजीङ संचालन गरिरहेको छ भने अर्कोतर्फ मसानघाट माथि हाउजीङ निर्माण गर्दै अरु नियमहरु पनि मिचेको छ ।     


मसान घाटमाथि हाजुजिङ
कम्पनीले खोला किनारमा बनाउन लागेको कौसलटार हेवन हाउजिङ मसानघाट माथि बन्न लागेको हो । हाउजिङ क्षेत्रभित्र रहेको मसानघाट र मूर्दा पोल्ने ठाऊँमा केहि समय अगाडी सफा बनाइएको थियो । सुरुमा मुर्दा पोल्ने ठाउँ भत्काएको भन्दै स्थानीयले विरोध गरेका थिए । पछी मसानघाट मा हाजुजिङ बनाउन लागेको तथ्य बाहिरिने डरले हाउजिङकै छेऊमा मूर्दा पोल्ने नयाँ ठाऊ बनाइदिएको छ सीइ कन्स्ट्रक्सन नामक कम्पनीले ।
यता कम्पनीको दावी भने मुर्दा पुरिएको छ भन्ने छ । अर्थ सरोकार प्रतिनिधिसँग कुराकानी गर्दै सिई कन्स्ट्रक्सनका मार्केटिङ प्रमुख सुजन घिमिरेले खोला मिचिएको स्वीकार्दै उक्त ठाउँमा जस्ताले घेरेरमात्र राखेको र निर्माण कार्य केही नभएको दावी गरे । घिमिरेका अनुसार कन्स्ट्रक्सनले १८ रोपनी जग्गा किनेको भएपनि फिल्डमा १६ रोपनीमात्र भएकाले र उक्त बिषयमा कुराकानी भइरहेकाले कम अड्किएको बताएका छन् । खोलाको जग्गा मिचेको र मसानघाट बारेको प्रश्नमा उनी भन्छन्, ‘हामी उल्टै समस्यामा छौं । १८ रोपनी भनेर किनेको जग्गा १६ रोपनीमात्र हुँदा काम अगाडी बढ्न सकेको छैन ।  
अर्को मनोमानी भनेको कम्पनीले स्वीकृति नै नलिइ काम थालेको छ । सिई कन्स्ट्रक्सनले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग पूर्व स्विकृति नलिइ निर्माण थालेको र हाउजिङको विज्ञापन गरेको समेत पाइएको छ । प्राधिकरणका विकास आयुक्त डाक्टर भाइकाजी तिवारीले उक्त कम्पनीले हाउजिङ निर्माणका लागि स्विकृति नलिएको स्पष्ट गरे । ‘स्विकृति लिन कम्पनी आएको छैन । आएपछि हामी पूरै नाँपजाँच गर्छौं ।  खोला मिचेर हाउजिङ बनाउने अधिकार कसैलाई पनि छैन ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी