
- इन्भेष्टिगेसन ब्युरो / अर्थ सरोकार डटकम
काठमाडौँ – नेपालमा पावर र पैसाका भरमा जसले जे गरेपनि हुन्छ भन्ने शैलीमा सीइ कन्स्ट्रक्सनले मनपरी गरेको त छ नै, त्यसलाई सुधार्ने काम समेत गरेको छैन । एकातर्फ उक्त कम्पनीले स्वीकृति नै नलिइ हाउजीङ संचालन गरिरहेको छ भने अर्कोतर्फ मसानघाट माथि हाउजीङ निर्माण गर्दै अरु नियमहरु पनि मिचेको छ ।
मसान घाटमाथि हाजुजिङ
कम्पनीले खोला किनारमा बनाउन लागेको कौसलटार हेवन हाउजिङ मसानघाट माथि बन्न लागेको हो । हाउजिङ क्षेत्रभित्र रहेको मसानघाट र मूर्दा पोल्ने ठाऊँमा केहि समय अगाडी सफा बनाइएको थियो । सुरुमा मुर्दा पोल्ने ठाउँ भत्काएको भन्दै स्थानीयले विरोध गरेका थिए । पछी मसानघाट मा हाजुजिङ बनाउन लागेको तथ्य बाहिरिने डरले हाउजिङकै छेऊमा मूर्दा पोल्ने नयाँ ठाऊ बनाइदिएको छ सीइ कन्स्ट्रक्सन नामक कम्पनीले ।
यता कम्पनीको दावी भने मुर्दा पुरिएको छ भन्ने छ । अर्थ सरोकार प्रतिनिधिसँग कुराकानी गर्दै सिई कन्स्ट्रक्सनका मार्केटिङ प्रमुख सुजन घिमिरेले खोला मिचिएको स्वीकार्दै उक्त ठाउँमा जस्ताले घेरेरमात्र राखेको र निर्माण कार्य केही नभएको दावी गरे । घिमिरेका अनुसार कन्स्ट्रक्सनले १८ रोपनी जग्गा किनेको भएपनि फिल्डमा १६ रोपनीमात्र भएकाले र उक्त बिषयमा कुराकानी भइरहेकाले कम अड्किएको बताएका छन् । खोलाको जग्गा मिचेको र मसानघाट बारेको प्रश्नमा उनी भन्छन्, ‘हामी उल्टै समस्यामा छौं । १८ रोपनी भनेर किनेको जग्गा १६ रोपनीमात्र हुँदा काम अगाडी बढ्न सकेको छैन ।
अर्को मनोमानी भनेको कम्पनीले स्वीकृति नै नलिइ काम थालेको छ । सिई कन्स्ट्रक्सनले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग पूर्व स्विकृति नलिइ निर्माण थालेको र हाउजिङको विज्ञापन गरेको समेत पाइएको छ । प्राधिकरणका विकास आयुक्त डाक्टर भाइकाजी तिवारीले उक्त कम्पनीले हाउजिङ निर्माणका लागि स्विकृति नलिएको स्पष्ट गरे । ‘स्विकृति लिन कम्पनी आएको छैन । आएपछि हामी पूरै नाँपजाँच गर्छौं । खोला मिचेर हाउजिङ बनाउने अधिकार कसैलाई पनि छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्