×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेस्टका मालिक जोगाउन १५ वर्ष अघिको लागूऔषध मुद्धाको मिसिल गायब पारियो

LAXMI SUNRISE BANK

एभरेस्टका मालिक जोगाउन १५ वर्ष अघिको लागूऔषध मुद्धाको मिसिल गायब पारियो

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम


काठमाडौँ – काठमाडौको नयाँ बानेश्वरस्थित पाँच तारे द एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीविरुद्धको लागुऔषध मुद्धाको मिसिल गायब भएको छ ।
प्रहरीले २०५५ सालमा लारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो । मुद्धा जिल्ला अदालत काठमाडौबाट पुनरावेदन अदालत पाटन हुदैं अहिले सर्वोच्चमा पुगेको छ । सर्वोच्चमा लारीले ‘दोहोर्याउ पाऊँ’ निवेदन दर्ता गरेका छन् । मास्कोर भनिने मस्कुर अहमद लारी विरुद्धको मुद्धाको हालको अवस्था गुमनाम छ ।
२०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै २५० केजी चरेस जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा बरामद भएको थियो । जर्मनी उड्ने जहाजमा यात्रुहरुलाई दिइने खानासंँगै लागूऔषधको ओसार पसार हुने गरेको तथ्य त्यही बेला खुलासा भएको थियो । जर्मन दूतावास समेतको जाहेरीमा प्रहरीले अनुशन्धान गर्दा होटलका मालिक मस्कुर अहमद लारी पनि लागूऔषध कारोबारमा संलग्न भएको भन्दै उनीविरुद्ध पनि मुद्धा दर्ता भएको थियो ।
१५ वर्ष अघिको सो मुद्धाको मिसिल सर्वोच्च अदालत पुगेको बुझिएको छ । तर सर्वोच्च मै सो मुद्धाको मिसिल भेटिन्न । जिल्ला र पुनरावेदन अदालत पाटनले कस्तो फैसला गरेको थियो भन्ने विवरण ती अदालतहरुले दिन सकेका छैनन् । जिल्ला अदालत काठमाडौका कर्मचारीबाट प्राप्त सूचनाअनुशार अहिले सो मुद्धाको मिसिल सर्वोच्च अदालत पुगेको छ । जिल्लाबाट ६४ भदौ २८ गते फैसला भएको थियो । मुद्धामा एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी र लक्ष्मी कंशाकारलाई विपक्षी बनाइएको थियो । विपक्षी मध्येका मस्कुर अहमद लारी मुद्धा बुझन आएनन् । प्रहरीले पनि लारीको ठेगानामा उनलाई भेट्टाउन नसकेपछि मुद्धा तामेलीमा गएको थियो ।
त्यसको चार वर्ष पछि काठमाडौ जिल्ला अदालतमा अर्को एक निवेदन पर्यो । सरकारी वकील कार्यालयका तत्कालील सहायक जिल्ला न्यायधिवक्ता विदुरकुमार गिरीले मुद्धा जगाउन निवेदन दिए । उनको निवेदन पछि सोही मुद्धा फेरि जाग्यो । दोस्रो पटक ६६ पुस २० गते अदालतले पक्राउ वारेण्ट जारी गर्यो । वारेण्टमा मास्कोर भनिने मस्कुर अहमद लारीलाई लागूऔषध चरेस कसुरमा गिरफ्तार गर्न अदालतले प्रहरीलाई आदेश दियो । अदालतले लारीलाई बाटोको म्याद बाहेक ७० दिनभित्र आफैं वा वारेण्ट बमोजिम पक्राउमा परी हाजिर हुन भनिएको थियो । अदालतको आदेश पालना नगरेमा पछि उजुर समेत गर्न नपाउने पूर्जी जारी गरेको थियो ।
जिल्ला अदालतमा तामेलीमा रहेको मुद्धा जगाउन निवेदन हालेका तत्कालीन सहायक जिल्ला न्यायधिवक्ता विदुरकुमार गिरीका अनुसार सो मुद्धाको कागजात त्यसबेला पनि भेटिएको थिएन । मिसिल वा अन्य महत्वपूर्ण कागजात कहाँ गयो त्यस बेला पनि अज्ञात नै थियो । गिरीका अनुशार गञ्जागोल मुद्धाहरु मध्येको लारी विरुद्धको मुद्धा पनि एक हो ।’
जिल्लाले शुरु फैसला पछि दोस्रो पटक तामेली जागेपछि पनि अर्को फैसला त गर्यो, तर फैसलामा के थियो स्पष्ट छैन । किनभने सो मुद्धाको मिसल नै भेटिएको छैन । पुनरावेदन अदालत पाटनको चलानी नम्बर ५५९ बाट ६९ साल माघ १५ गते दोहोर्याइ पाउ धरौटी नम्बर ५० मा समावेश हुने गरी मिसिल सर्वोच्च अदालत पठाएको थियो । सर्वोच्चले यो मुद्धाको मिसिल ६९ साल चैत्र ८ गते बुझेको थियो । तर त्यही मिसिल अहिले सर्वोच्च अदालतको कुन फाँटमा कुन अवस्थामा छ स्पष्ट छैन ।
‘दोहोर्याइ पाऊँ’ निवेदन दर्ता हुनुको सिधा अर्थ प्रतिवादी मस्कुर अहमद लारीविरुद्ध जिल्ला र पुनरावेदन दुवै तहबाट फैसला भयो । दुई तहको न्यायालयबाट एकै किसिमको फैसला भएपछि त्यो सर्वोच्चमा पुनरावेदन लाग्दैन । यस्तो अवस्थामा निस्सा प्राप्त गर्न ‘दोहोर्याइ पाऊँ’ निवेदन दिन पाउने नियम छ । सो मुद्धामा दोहोर्याइ पाऊँ भन्ने निवेदन दर्ता हुनुको अर्थ अघिल्ला दुई अदालतले लारीविरुद्ध फैसला गरे भन्ने बुझ्न सकिन्छ । तर पनि प्रमाणिक कागजातको अभावमा यो मुद्धा रहस्यमय बनेको छ ।
२५० केजी चरेस मुद्धामा आरोपीका रुपमा रहेका व्यक्तिको प्रभावकै कारण कागजात नभेटिएको हो वा अदालतमा फाइलिङ प्रणाली कमजोर भएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन । हाल हरेक अदालतमा कम्प्यूटर प्रणाली लागू गरिएको छ । त्यो प्रणालीमा सबैजसो नयाँ पुराना मुद्धाबारे डाटा इन्ट्री भइसकेको छ । यस्तो प्रणालीमा मुद्धा परेका व्यक्तिको नाम मात्रै इन्ट्री गर्दा पनि उ मुछिएको मुद्धा कम्प्यूटरमा देखिन्छ । तर लारी विरुद्धको मुद्धा जिल्ला र सर्वोच्चमा भेटिन्न । तर पनि यो मुद्धामा एभरेष्ट होटलका मालिक लारी दोषी प्रमाणित भएको केही बलिया आधारहरु फेला भने परेका छन् ।
कुनै समय नेपाल प्रहरीको लागू औषध ब्यूरोका एसएसपी रणबहादुर चन्दले लारी फरारी भएको बताएका थिए । तर एभरेस्ट होटल व्यवस्थापनले लारी नेपाल आउजाउ गरिरहेको जानकारी दिएको छ ।
वर्षौ अघिदेखि नेपालमा व्यापार व्यवसाय सञ्चालन गरेर बसेका लारी भारतीय नागरिक हुन् । उनको स्थायी ठेगाना कलकत्ताको अलिपुर कोनार्क गार्डेन ६, बर्डवान रोड हो । लारीले कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपालको ठेगाना काठमाडौ वडा नम्बर १० नया बानेश्वर उल्लेख गरेका छन् ।
लारीले अदालतमा अन्य मुद्धा पनि खेपिरहेका छन् । जुन देवानी प्रकृतिका छन् । देवानी मुद्धामा लारीले अदालतको म्याद बुझेका छन्, प्रतिउत्तर फर्र्काएका छन् । तर लागु औषधसम्बन्धी उनको फौजदारी मुद्धामा उनलाई अदालतले भेटेकै छैन । प्रहरीले त उनलाई नभेटेको कर्मकाण्ड पूरा गरेर फाइल थन्क्याएको छ ।
२०५५ सालमा जर्मन उडेको जहाजमा एभरेष्ट होटलबाट गएको खानासंँगै २५० केजी चरेस फ्रयांकफर्टमा बरामद भएको थियो । चरेस ओसार्न बा अ प २६४ नम्बरको भ्यान प्रयोग गरिएको थियो । त्यो कर्ममा लारीले पनि सहमति दिएको दाबी गर्दै प्रहरीले लारीविरुद्ध पनि मुद्धा दर्ता गर्यो ।

लारीविरुद्धको मुद्धा नेपालमा मात्रै नभएर जर्मन सरकारको पनि चासोको विषय हो । २०६६ साल पुस २० मा काठमाडौ जिल्ला अदालतले लारीको वास्तविक नाम के हो भन्ने जान्न सोधेको पत्रमा वादी नेपाल सरकार र जर्मन दूतावास भनेर उल्लेख छ । जर्मन दूतावास समेतको उजुरीमा यो मुद्धा शुरु भएको थियो । यसकारण यो मुद्धा नेपालको प्रतिष्ठासँंग समेत जोडिएको विषय बनेकोछ ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी