×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नक्सालमा बन्नलागेको जगदम्बा ग्रुपको पाँचतारे होटलले छिमेकीलाई बस्न खानै दिएन’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘नक्सालमा बन्नलागेको जगदम्बा ग्रुपको पाँचतारे होटलले छिमेकीलाई बस्न खानै दिएन’

१९ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम


नक्सालस्थित नेपाल प्रहरीको मुख्यालय र भगवतीबहालको पश्चिम उत्तरतर्फ जगदम्बा ग्रुपले पाँच तारे होटल जगदम्बा हस्पीटालीटी निर्माण गर्दै गरेको बारे यहाँलाई जानकारी गराइन्छ ।

म नक्सालबासीनै भएतापनि निर्माणाधिन क्षेत्रमा होटलनै बन्ने बारेमा जानकारी थिएन । त्यहाँ कुनै व्यापारीक महल वा एपार्टमेन्ट बन्दै होला भन्ने ठानेको, होटल निर्माण हुँदैरहेछ, त्यो पनि तीन तला अण्डरग्राउण्डसहित सत्रतले । सायद काठमाडौंमा हालसम्मकै अग्लो होला ।

पहिलो कुरा प्रहरी मुख्यालयकै अगाडी सुरक्षा गोपनियताका कारण पनि त्यस्ता गगनचुम्बी भवन निर्माण हुनु कति सान्दर्भीक थियो ? त्यस्ता गगनचुम्बी होटल निर्माण गर्नु पर्दा सुरक्षा निकायसँग अनूमति लिइनु पर्ने वा नपर्ने के हो ? त्यसपछि जनघनत्व बढी रहेको ठाउँमा निर्माण हुने तारे होटलको साघुँरो सडकले भविष्यमा उक्त होटलमा आउने विशिष्ठ तथा विदेशी पाहुनाका सवारीको लस्कर थाम्न सक्ला ? यी त भए भविष्यमा निस्कने प्रश्न ।

तर, अहिले भवन निर्माणको सुरुवातीमै उक्त क्षेत्रका छिमेकीले दिनरात भोग्नु परेको तनाबका सन्दर्भमा कसले निकास निकाली दिने ?

ठूला ठूला हेभी मेसीनरीले चौविसैघन्टा काम गरिरहँदा आउने आवाजले न दिनमा टिभी हेर्न पाएका छन्, त्यस वरपरका छिमेकीले न त मोवाइलमै कुरा गर्न सक्ने अवस्था छ । निर्माणाधिन क्षेत्रसँगै जोडीएका घरवालाहरुले भूकम्पकै अनुभव लिइरहनु परेको अवस्था छ, हेभी मेसीनरी सञ्चालन हुँदा निरन्तर आइरहने कम्पनका कारण । धुलो र धुँवाले पनि हैरानीमा छन् उनीहरु । रातमा फोकसीङ बत्ति बालेर गरिँदै आएको कामकाजका कारण बन्द कोठाभित्र चर्काे आवाजसँगसँगै झिलीमिली उज्यालो छिर्दा कोही राम्रोसँग निदाउन पाएको अवस्था छैन ।

न दिनमा आराम न रातमा ? यस्तो समस्यामा छन् नक्सालबासी । तर पनि सम्वन्धित निकायले चासो दिएको छैन ।

आफ्नो सम्पत्तिमा आफ्नो अधिकार पक्कै हुन्छ । आफ्नो जग्गामा जग्गाधनीले भवन निर्माण गर्न पाउँछ । तर, जनताको जिउधनको सुरक्षा पनि राज्यको दायित्व होइन र ? त्यस अवस्थामा उनीहरुको शान्तिपूर्वक बाँच्न पाउने मौलीक अधिकार खोई त ?

सडकपेटीनै धसीने गरी यतीबेला निर्माणाधिन क्षेत्रको माटो झिक्ने काम भइरहेको छ ।  पेटी नहुँदा पैदलयात्रु सडकमा हिँडेको देखेर पनि मौन छ, ट्राफिक प्रहरी । तीनतला अण्डरग्राउण्ड बनाउने योजना छ, हाल ‘पाइलीङ’ कार्य सकिएको छ । यती हुँदै वरपरका घर पर्खाल चर्किन थालेका छन्, तीनतला बराबरको जमिनबाट माटो झिक्दासम्म कतिका पर्खाल भत्कने हो ? कतिका घर जगैसित भासिने हुन ? छिमेकीका घरको पानीको स्रोत (इनार, बोरिङ)को अवस्था के हुने हो ?

अहिलेलाई यतीमात्र जानकारी गराउँ कि उद्योगी व्यवसायीले लगानी गर्ने वा औद्योगिक व्यापारिक प्रतिष्ठान खोल्ने भन्दैमा उक्त क्षेत्र वरपरका बासीन्दालाई तनाब दिन मिल्छ ? वरपरका कयौं छिमेकी मुटुरोग, चिनीरोग, उच्च रक्तचापलगायत गम्भीर प्रकृतिका विरामी भएको भन्दै प्रहरी वृत्त, कमलपोखरीमा आफूहरुलाई चिकित्सकले प्रशस्त आराम गर्न सल्लाह दिएको भएता पनि निर्माणाधिन कार्यले गर्दा आरामको त कुरै छाडिदिऊ, आँखासम्म झिमिक्क पार्न सक्ने अवस्था नरहेको भन्दै सप्रमाण गुनासो गरिरहेका छन् । तर, पनि पुलीसका तर्फबाट खासै सुनुवाई भइरहेको छैन । 
सम्वन्धित निकायले बनाउने स्वीकृती दिइसकेपछि हामीले कसरी नबनाउ भन्न मिल्छ भन्ने प्रहरीको भनाइँ कति सान्दर्भीक हो ? कति उचित हो ?

पिडीत छिमेकीहरु काठमाडौं महानगरपालीकामा पुगेर त्यहाँका कार्यकारी प्रमुखलाई भेटेर आफूहरुले भोग्दै आएको समस्या सुनाए । गुनासो सुनेर कार्यकारी प्रमुख एकाएक पग्लीए । उनले आदेश दिए, रातमा निर्माणकार्य गर्न नदिनु । महानगरपालिकामा दुबै पक्षबीच लामो छलफलपछि कानून कार्यान्वयन विभागका प्रमुखले लिखित समझदारी नै गराए, राती साढे आठ बजेपछि हेभी मेसीनरी चलाउन नपाइने, यदी चलाएको पाइए निर्माण कार्य पूरै रोकिने भनेर । तर, छिमेकीको दुर्भाग्य ! रात्री अवस्थामा पनि हेभी मेसीनरीबाट काम भइरहेको छ । 
रातीमा काम गर्न ठूला फोकस लाइट प्रयोगमा ल्याइएको छ । ती लाइटबाट आउने उज्यालोले छिमेकीका घरका झ्याल, पर्दाबाट समेत छिरेर आँखा झिमीक्क पार्न दिएको  होइन । दिनमा चर्काे आवाज र धुलो धुँवा, रातमा पनि चर्कै आवाज र चर्कै उज्यालोले गर्दा नक्सालबासी पिडीत भइरहेका छन् । तर, पचास मिटरको दूरीमा रहेको नेपाल प्रहरीको हेडक्वाटरले त्यो नागरिकको समस्या, उनीहरुले भोग्नु परेको पिडा देखेर समेत नदेखेजस्तै गरिरहेको छ ।

सायद मनी र पावरकै कुरा त होला नि छिमेकीले भोग्नु परेको समस्या ? सम्पादक ज्यू, यदी स्वतन्त्र पत्रकारितामा अघि बढेको हो भने सम्वन्धित स्थानमा गएर त्यहाँका छिमेकीलाई परेको समस्या छर्लङ्ग हुने रिपोटीङ प्रकाशन होस् भन्ने अपेक्षा छ ।
 
शुभेच्छुक
राज
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: