×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गैरजिम्मेवारीको पराकाष्ठा : पत्रकारको प्रश्नमा टेलिकमकि प्रवक्ताको उत्तर, ‘यो इसेवा भनेको के हो ?’ (इसेवाको कर्तुतबारे फलोअप नम्बर १२)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम  :
काठमाडौँ – नेपाल टेलिकमकि प्रवक्ता ‘प्रतिमा वैद्य । जसका जिम्मेवारीहरुमध्ये मिडियासँग कुराकानी गर्नु पनि हो । जनतालाई सुसुचित गर्ने अभियानमा लागेका मिडियाहरुलाई जनताका प्रश्नको पदीय जिम्मेवारीमा रहेर उत्तर दिनु उनको धर्म हो । तर शुक्रबार मिडियासँग उनी यस्तो गैरजिम्मेवार रुपमा प्रस्तुत भइन् कि मानौं उनलाई इसेवाबाट राम्रै  ‘खाना-पानी’ प्राप्त भइरहेको छ 

नेपाल टेलिकम र इसेवा मिलेर जनता ठगीरहेको भन्ने समाचार तयार गर्न टेलिकम प्रवक्ताको ‘कोट’ लिन अर्थ सरोकार डटकमका प्रधान सम्पादकले उनलाई फोन गरेका थिए । तर इसेवाको नाम सुन्ने बित्तिकै उनले सोधिन्, ‘यो इसेवा भनेको के हो ?’
पछी अर्थ सरोकारकर्मीलेनै इसेवा भनेको ‘यस्तो’ हो भनेपछि बल्ल उनले गाह्रो मान्दै उत्तर दिएकी थिइन् । नेपाल टेलिकमकै कतिपय कर्मचारीले समेत आफ्नो काउन्टरबाट इसेवा प्रयोग गरेर रिचार्ज गर्ने गरेको कुराबारे सोध्दा उनले इसेवाको मेसिन बाहिरनै राखिने गरेको बताएकी छिन् । जवकी इसेवा कुनै मेसिनबाट प्रयोग हुने चीज नै होइन ।

थाहा नभएको हो कि बुझ पचाएको हो ?
नेपाल टेलिकमकि प्रवक्तालाई इसेवाबारे थाहा नहुने बन्ने कुरा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ । यदी थाहा नै छैन भने त्यस्तो जिम्मेवार पदमा बस्ने अनि संस्थाले यति ठुलो कारोबार गरिरहेको कम्पनीबारे थाहानै नहुने कस्तो जागिर हो भन्ने प्रश्न पनि उठ्न सक्छ । यदी थाहा थियो भने ‘इसेवा भनेको के हो ?’ ‘ बाहिर मेसिन राखेको हो’ जस्ता बाङ्गा उत्तर दिएर किन मिडियाको आँखामा छारो हाल्न खोजिंदैछ भन्ने प्रश्न उठेको छ ।
अर्थ सरोकार डटकमले इसेवाकाबारे निरन्तर फलोअप गरेपछि टेलिकमकि प्रवक्ताको यस्तो उत्तर आएको हुन सक्ने समेत आशंका गरिएको छ । 
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: