×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाको अर्को कर्तुत : विनीमय दरमै धावा बोल्दै सोमबार यसरी ठग्यो आफ्ना ग्राहक ! (फलोअप नम्बर ११)

PRIME CA

इसेवाको अर्को कर्तुत : विनीमय दरमै धावा बोल्दै सोमबार यसरी ठग्यो आफ्ना ग्राहक ! (फलोअप नम्बर ११)

१७ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – हुन त इसेवाले जनता ठग्छ भन्ने खबर नौलो होइन । इसेवाले जनतालाई झुक्याएको छ भन्ने खबर पनि पूरानै हो । राजनतिक आडमा इसेवाले मनपरी गरिरहेको छ र जनताको पैसा लुटीरहेको छ भन्ने खबर पनि नौलो होइन । हुँदा हुँदा इसेवाले विनिमय दरमा नै मनपरी गरेर जनता लुट्ने काम गरेको छ ।

यसरी ठग्यो इसेवाले ग्राहक 
घटना सोमबारको हो । इसेवाका एक प्रयोगकर्ता रहेका एक ग्राहकले अन्तराष्ट्रिय पेमेन्ट गेटवे स्क्रिलबाट आफ्नो इसेवा एकाउन्टमा पैसा ताने । तर सोमबारको विनिमय दरभन्दा पैसा कम आयो । सोमबारको विनिमय दर हेर्ने हो भने अमेरिकी डलर १ को खरिद दर १०६ रुपैयाँ २८ पैसा थियो भने विक्री दर १०६.८८ रुपैयाँ थियो । तर उक्त ग्राहकले आफ्नो स्क्रिल एकाउन्टबाट इसेवामा ५ डलर पैसा सार्दा जम्मा ५०९ रुपैयाँ आयो । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १०६.८८  X ५ = ५३४.४ रुपैयाँ आउनु पर्नेमा जम्मा ५०९ रुपैयाँमात्र इसेवामा आयो । बाँकी झन्डै २५ रुपैयाँ ग्राहकलाइ घाटा भयो ।  
बाँकि पैसा कहाँ गयो त ?
स्क्रिल डटकमले आफ्नो सेवामा केहि शुल्क लिने गरेको भएपनि ५ डलर साट्दा २५ रुपैयाँ झ्वाम हुनु भने लुटको पराकाष्टा नै भएको ग्राहकको भनाइ छ । अझ खास कुरा त के हो बहने इसेवाले पनि यति रकम सार्दा यति पैसा काटिन्छ भनेर कतै पनि उल्लेख गरेको छैन ।  नियमअनुसार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा ग्राहकलाइ जानकारीनै नदिइ यसरी रकम असुल्न पाइदैन । यसअघि जनताको पैसा कहाँ छ भन्ने सुचना समेत इसेवाले लुकाएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । 
किन बोल्दैन इसेवा ?
सोमबार यसबारे बुझ्न हामीले इसेवाका सीइओ अग्सर अलीलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क भएन । त्यसपछी हामीले इसेवाको कस्टमर केयर नम्बरमा कल गर्यौं ।  तर त्यहाँबाट पनि यसबारे कुनै प्रतिक्रिया आएन । हामीले मेरो इसेवामा पैसा कम आयो स्क्रिलबाट भन्ने बितिकै फोनको लाइन काटियो । यसरी पत्रकारको प्रश्न सुन्ने बितिकै फोन काटिनुलाइ पनि अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।  
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: