×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल टेलिकमको रिचार्च कार्डबाट रिचार्च भएन ? टेलिकमलाई मात्र गाली नगर्नुहोस्, यस्तो छ रिचार्ज नहुनुको भित्री रहस्य :

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – काठमाडौँ निवासी सुमन सिग्देल, जसले केहि दिन अगाडी नेपाल टेलिकमको रिचार्ज कार्ड किने । रु १०० को रिचार्ज कार्ड । सिरियल नम्बर १११६०६०१२२०३२८७५ रहेको उक्त कार्डबाट उनले थुप्रै पटक रिचार्ज गर्न खोजे तर रिचार्ज भएन । त्यपछि उनी रिचार्ज पसलमा गएर कार्डमा समस्या भएको सुनाउँदा, पसल संचालकले भने, ‘इसेवा बाट गर्नुहोस् न !’
इसेवा नेपालको कानुन विपरित चलिरहेको भन्ने समाचार आफुले पढेको र सच्चा नेपालीले इसेवा बहिस्कार गर्नुपर्ने भन्दै उनले त्यसो गर्न मानेनन् । रिचार्ज कार्डमा समस्या भएको हो कि भन्ने ठानेर पुन: अर्को रिचार्ज कार्ड किने तर त्यसमा पनि त्यस्तै समस्या देखियो । बल्ल बल्ल दोश्रो पटक किनेको रिचार्ज कार्डमा रिचार्ज भयो । पहिलो कार्ड अझै सुरक्षित छ ।
उनीमात्र होइन नेपालमा यसरी रिचार्ज कार्डको समस्या भोग्ने नेपाली थुप्रै छन् । कतिपटक तपाईंले पनि भोग्नु भएको होला । अझ कतिपटक त नेपाल टेलिकमलाई गाली पनि गर्नुभएको होला । तर यसमा नेपाल टेलिकममात्र दोषी होइन । टेलिकमका ठुला ठालुले इसेवासँग मिलेर जनता ठग्ने काइदा हो यो । 
रिचार्ज कार्डबाट रिचार्ज : युद्ध जितेजस्तै :
हिजोआज तपाईंले नेपाल टेलिकमको रिचार्ज कार्ड ल्याएर रिचार्ज गर्न थाल्नु भयो भने यस्तो झमेला हुन्छ मानिलिउं तपाईं कुनै युद्ध गर्दै हुनुहुन्छ । अधिकांस रिचार कार्डमा समस्या छ । एक पटकमा रिचार्ज भइहाल्यो भने मान्नुहोस्, त्यो दिनका लागि तपाईंको दिन सार्है राम्रो छ । रिचार्ज कार्ड रिचार्ज नहुँदा नेपाल टेलिकमलाई मात्र गाली नगर्नुहोस् । किनकि यसभित्रको रहस्य छुट्टै छ ।
यस्तो छ भित्री रहस्य : मोटो रकमको चलखेल !
नेपाललाई डिजीटलाइज गर्ने बहानामा नेपाल टेलिकम र इसेवा बीच ठुलो रकमको चलखेल रहेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘इसेवाका अध्यक्ष विश्वास ढकाल, सीइओ अगसर अली र नेपाल टेलिकमका प्रबन्ध निर्देशक र त्यहाँका केहि इन्जिनियरहरुको मिलेमतोमा कुनै प्राइभेट कम्पनीलाई उकासेर नेपाल टेलिकम नै धरासायी बनाउने खेलमा लागिएको छ ।’ स्रोतका अनुसार टेलिकम र इसेवा सञ्चालक कम्पनी इसेवा फोन पे इन्टरनेश्नल प्रालि नामक कम्पनीबीचको रकम चलखेलका कारण नेपाली जनता मारमा परेका छन् । यसअघिका टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यलाइ इसेवाका तर्फबाट रार्मो इनाम गएको थियो । अहिलेकि प्रबन्ध निर्देशकलाइ पनि मोटो रकम दिने तयारी भइरहेको छ ।’
टेलिकमकै काउन्टरबाट इसेवाको प्रयोग !
स्रोतका अनुसार नेपाल टेलिकमका केहि उच्च अधिकारीलाई इसेवाका तर्फबाट निकै मोटो रकम दिएर देशमा यस्तो खेल भइरहेको छ । अझ दुखलाग्दो कुरा त के हो भने नेपाल टेलिकमकै कतिपय आधिकारिक ठाउँबाट समेत इसेवा प्रयोग गरी रिचार्ज गरिने गरेको छ ।’
के भन्छ इसेवा ?
यसबारे केहि समयअघि अर्थ सरोकार डटकमले इसेवाका प्रमुख कार्यकारी अधिकृत अगसर अलीसँग सोधेको थियो । जवाफमा उनले इसेवाले जनता नठगेको र रिचार्जमा हुने गरेको समस्या नेटवर्कको कारण हुने गरेको बताएका छन् । उनले आफुहरु समयसापेक्ष रुपमा रिचार्जकार्ड हटाएर डिजीटल रिचार्ज प्रविधिमा देश जानुपर्ने भन्ने कुरामा ध्यान दिएर अगाडी बढेको बताएका थिए । उनले नेपाल टेलिकम र आफुबीच कुनै पनि असान्दर्भिक सम्बन्ध नरहेक समेत दावी गरेका थिए ।
कार्यालय समयमै उठ्न छाड्यो टेलिकम प्रवक्ताको फोन !
यसबारे नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यलाई हामीले सोधेका थियौं । उनले ‘इसेवा भनेको के हो ?’ भनी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइन् । हामीले इसेवा भनेको ‘यस्तो’ हो भनेर बुझाएपछि उनले भनिन्, ‘काउन्टरमा होइन बाहिर मेसिन राखेको होला ।’ टेलिकमकि प्रवक्ताले इसेवा भनेको के हो भनेर सोध्नु र इसेवाबारे प्रश्न गर्दा यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुलाइ टेलिकम र इसेवाबीच के पाकिरहेको छ भन्ने बुझ्न गाह्रो छैन ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: