×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के हो अनलाइन कारोवार ? अनलाइन कारोबार पश्चात् के सुविधा पाउन सक्छन् लगानीकर्ताले ?

PRIME CA

के हो अनलाइन कारोवार ? अनलाइन कारोबार पश्चात् के सुविधा पाउन सक्छन् लगानीकर्ताले ?

२७ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सन्तोष राज बजगाईं 

अनलाइन कारोबार संसारका धेरै पूंजी बजारले पालना गरेको प्रणाली हो ।  अनलाइन कारोबार आजको युगमा अति आवश्यक कुरा हो । 
अनलाइन कारोबारका केही विशेषताहरु यस प्रकार छन्  : 
१. आफ्नो खाताबाट ब्रोकरको खातामा पैसा पठाईदिने अनि त्यसपछि ब्रोकरले दिएको क्लाईन्ट आईडि र पासवर्डबाट आफै बाई सेल अर्डर हाल्ने । घरमै बसीबसी ल्यापटप वा मोबाईल एपबाट कारोबार गर्न मिल्ने । 
२. अनलाइन कारोबार आयो भने ‘रिस्क’ न्यूनीकरण गर्न सकिन्छ । जस्तै मैले कुनै कम्पनिको सेयर १००० मा किने अब मैले ९०० रुपैयाँमा stop लस हाल्न मिल्छ अर्थात यदि त्यो कम्पनीको सेयर ९०० पुगेको अवस्थामा स्वचालित रुपमा सेल अर्डर बस्छ । 
३. जस्तै मैले १००० मा किनेको सेयर छ । मलाई त्यो सेयर ११०० पुग्दा बेच्न मन छ भने पछि मैले ११०० मा take profit हाले र यदि त्यो कम्पनीको सेयर ११०० पुग्यो भने मेरो स्वचालित रुपमा सेल अर्डरमा मेरो सेयर जान्छ । 
४. जस्तै कुनै कम्पनी सेयर मुल्य १००० मा कारोबार भैराखेको छ र मैले त्यो सेयर ९५० हुँदा किन्न उपयुक्त लाग्यो भने मैले अग्रिम रुपमा बाई अर्डर हाल्न मिल्छ ,यदि त्यो कम्पनीको सेयर मुल्य ९५० मा झरेमा स्वचालित रुपमा मेरो बाई अर्डर बस्छ । 
५. अन्लाईन कारोबार आएमा हामी intra day कारोबार तर्फ पनि उन्मुख हुन सक्छौ । जस्तै : आजै मैले किनेर आजै बेच्ने ! यस्तो कारोबारमा नाफा लग्न सजिको हुन्छ किनकी सामान्य ब्रोकर कमिसन भन्दा निकै सस्तो ब्रोकर कमिसन पाउन सकिन्छ । 
६. अनलाइन कारोबार पारदर्शी हुन्छ । 
७. अमेरिका, यूरोपका नेपाली साथी भाइ जो यहाँको  बजारसँग नाता जोड्न चाहान्छन ,उनीहरुको लागि अन्लाईन कारोबार ‘देवता’ समान हुन्छ । 
अहिलेको व्यवस्थामा ब्रोकर संख्या दोब्बर बनाए पनि ,सबै बैंकलाई लाईसेन्स दिएर पनि पूँजी बजार विस्तारमा खासै ठुलो फरक पर्दैन । अनलाइन कारोबार आएमा सम्पुर्ण नेपालीको घरघरमा बसेर कारोबार गर्ने सुविधा पुग्छ । जसले बजारलाई व्यापक रुपमा विस्ताए गर्न मदत गर्छ । तर सुरुवाती चरणमा ब्रोकरलाई भने केही गारो हुने देखिन्छ , क्लाईन्ट लाई दिने सफ्टवेयर बनाउन निकै ठुलो पैसा खर्च हुने गर्दछ र प्रत्येक महिना त्यसको रेख देख (maintenance ) खर्च लाख माथि पुग्छ । 
अन्लाईन कारोबारको सरुवात भएमा राम्रै भोलुममा क्यापिटल इनफ्लो हुने निश्चिति छ , र हाम्रो पुजी बजारले नयाँ उचाई लग्ने नै छ । काठमाडौंमा जनसंख्या अत्याधिक छ तर नेपालका दुर्गम क्षेत्रमा किन मान्छे जान चाहन्न भने त्यहा सुविधाको अभाव छ । जती बजारमा सुविधा वृद्धि हुँदै जान्छ त्यतिनै यो क्षेत्रमा लगानीकर्ताको भित्रीने क्रममा वृद्धि हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: