×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली राजनिती: सकारात्मक र नकारात्मक सम्भावनाहरु

PRIME CA
GLOBAL IME BANK

नेपाली राजनिती: सकारात्मक र नकारात्मक सम्भावनाहरु

१३ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: < ७ मिनेट

  • भुवन रोका
कुनैपनि चिजलाई सहि सदुपयोग गर्यो भने त्यसले फाईदा पुर्याउछ तर राम्रो चिजलाई पनि सदुपयोग गर्न नजान्दा बेफाईदा पुग्छ भन्ने उदारणहरु धेरै छन् । नेपालका राजनितिज्ञहरुले व्यावासथाको सहि सदुपयोग गर्न नजान्दा राष्ट्रले धेरै घाटा ब्यहोरेको थियो, बेहोरीरहेको छ र बेहोर्ने संभावना अझै छ ।

इतिहासलाई हेर्ने हो भने बि.स. २००७ सालको प्रजातन्त्र स्थापना पश्चात बि. स. २०१५ सालको आम निर्बाचनबाट दुई तिहाई मत सहित सरकार बनाएको अबस्थामा पनि तत्कालीन राजाले बि. स. २०१७ सालमा दलहरुलाई प्रतिबन्ध गरेर पंन्चायती ब्यबस्था लागु गरे । जसको परिणाम स्वरुप प्रजातन्त्रको लागी फेरी संघर्ष गर्नु पर्यो । बि. स. २०२८ सालबाट नयाँ जनवादी कार्यक्रमलाई व्यवहारिक रुप दिने उद्देश्यका साथ झापा (आन्दोलन) विद्रोहको थालनी भयो । 

यसले देशभरी पंन्चायती ब्यबस्था ठिक हैन साथै तत्कालीन राजाले उक्त ब्यबस्थाको सहि सदुपयोग गरेका छैनन् भन्ने सन्देश देशैभरी फैलियो ।अन्तत २०३६ सालमा जनमत संग्रह भयो, पंन्चायती ब्यब्स्थाले निरन्तरता पायो । त्यतिबेला पनि जनता चुकेका छन् सुमधुर समयको सदुपयोग गर्न नजान्दा । 
फलस्वरूप २०४६ सालमा आन्दोलन भयो र प्रजातन्त्रको पुर्नस्थापना भयो । तर राजनैतिक दलहरुले त्यसको पनि सहि ब्यबस्थापन गर्न नसक्दा बिभिन्न उतारचढावहरु भोग्नु पर्यो राष्ट्रले र मारमा परे सामान्य जनताहरु। माओवादीको सषर्त्र आन्दोलन, दरबार हत्याकाण्ड, तत्कालीन राजाले गरेको “कु” र ०६२/६३ सालको आन्दोलन मुख्य राजनैतिक उतारचढावहरु थिए ।
बर्तमान अबस्थामा देश गणतन्त्रात्मक ब्यबस्थामा गईसकेको छ । संबिधान संभाबाट नयाँ संबिधान पनि घोषणा भईसकेको छ तर यो ब्यबस्था पनि स्थिर हुन सकीरहेको छैन् । राष्ट्रले नयाँ संबिधान पाए लगत्तै संसोधनको बिषयमा छलफल सुरु भईसकेको छ ।

यसबाट पनि अनुमान लगाउन सकिन्छ कि संबिधान सभाले आफ्नो अधिकारको सहि सदुपयोग गरेर उत्कृष्ट संबिधान बनाउन सकेको रहेनछ भनेर। तर बिश्लेषकहरु उत्कृष्ट  संबिधान बनेको दाबी गरीरहेका छन् । यता सरकार बन्ने र ढल्ने कार्यले निरन्तारता पाईरहेकै छ । जब सम्म राजनिती स्थिर हुदैन तब सम्म जति नै उत्कृष्ट संबिधान बने पनि पुर्ण रुपमा पालना हुदैन ।

नेपालको ईतिहासमा १० बर्षको हारागारीमा साना ठुला परिबर्तनहरु भईरहेको छ । अबपनि नेपालको राजनितीले स्थिरता पाएन भने परिबर्तनको घडी आईसकेको छ। के हुन सक्छ नेपाली राजनिती यस्तो अबस्थामा? राष्ट्र कुन दिशा तिर जान सक्छ यो राजनितीक स्थिरताले? हामी धेर थोर अनुमान त लगाउन सक्छौ, केही सकारात्मक दिशा तिर गए पनि केही नकारात्मक दिशातिर जाने सम्भावना पनि देखिन्छ ।
नकारात्मक सम्भावनाहरु
१.  जनआन्दोलन २ का उपल्ब्धीहरु गुम्ने खतरा:
बि. स. २००७, २०४६ सालमा भएका आन्दोलनले ल्याएका उपलब्धिहरुको रक्षा गर्न नसक्दा राष्ट्रले बिभिन्न राजनैतिक उतारचढावहरुको सामना गरिनु परेको थियो । देश गणतन्त्रात्मक अबस्थामा पुगिसकेको छ। गणतन्त्र संगै आएका संघियता, धर्मनिरपेक्षता आदी उपलब्धिहरुको सहि तरिकाले स्थापित गर्न नसकिरहेको अबस्थामा फेरी गुम्ने पो हुन कि भन्ने खतरा यथावतनै छ । देशी र बिदेशि शक्तिहरुले आ-आफ्नो स्वार्थ पुर्तिका मुद्दाहरु कार्यान्वयन गर्ने दाउपेचमा रहेको बेला, आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न अस्थिर राजनितीको अन्त्य गर्नु जरुरी छ ।
२. संबिधान संशोधनले निम्ताउन सक्ने खतरा
पहिलो संबिधान सभाले बनाउन नसकेको संबिधान दोस्रो संबिधान सभाले बिभिन्न बाँधा र दवावको बाबजुद संबिधान जारी गर्यो । तर संबिधान जारी भए लगत्तै संबिधान बिरुद्द मधेस आन्दोलन सुरु भयो । नेपाल सभ्यताको मुख्य भुमि मधेस साथै आधुनिक नेपालको केन्द्र मधेशका केही जायज मागहरुलाई संबोधन गर्नु राज्यको दायित्व हो ।

बिशेषत: मधेशका जायज माँगहरु पुरा गर्न संबिधान संसोधनको प्रस्ताव छलफलमा छ । तर यो वा त्यो नाममा हिजोको दवावको आधारमा राष्ट्रियता संग गासिएका सवालमा सम्झौता गर्दै संबिधान संसोधन हुने त होईन भन्ने खतरा बढीरहेको छ ।

३. सार्वभौम सत्ताको खतरा
पहिल्ये शक्तिशाली राष्टहरुले युद्धमा जितेर साना तथा कमज़ोर देशहरुलाई आफ्नो कोलोनी बनाउने गर्थे। अहिल्य समय परिबर्तन भएको छ । यु एन ओ तगायत बिभिन्न अन्तराष्ट्रिय संस्थाहरु गठन गरियो, बिभिन्न अन्तराष्ट्रिय कानुनहरु लागु गरियो तर पनि ‘कोलोनी’ को पद्दती बन्द भईसकेको छैन् । मात्र कोलोनी बनाउने तरिका फरक भएको छ ।

बर्तमान अबस्थामा संमृद्द राष्टहरुले अबिसकित राष्टहरुलाई आफ्नो नियम कानुनहरु मान्नै पर्ने भनेर होस् वा आर्थिक अनुदान दिएर होस् कोलोनी जस्तै बनायका छन् । अब पनि नेपाली राजनितीज्ञहरुले आफ्नो निर्णय आत्मनिर्भर भएर गरेनन् भने हामी छिमेकीको बारीको एउटा पाटो भन्दा फरक नपर्ने खतरा छ ।

४. राजावादीहरुको सकृयता
गणत्नत्रको स्थापना संगै राजसंस्था पुर्नस्थापना गर्नको लागी वकालत गर्ने हरु पनि छन् । राजनैतिक दलहरुको भ्रष्ट ब्यबहार, जनताको लागी भन्दा सांसदहरुको तलब भत्ता बृद्दिमा जोड, अस्थिर राजनिती आदी कारणहरुले राजावादीहरु झनै सकृय हुने सम्भावना बड्दैगईरहेको छ । अझै पनि राजसंस्था पुर्नस्थापनाको सम्भावना बोकेका पूर्वराजा समेत दलहरुको यस्ता नकारात्मक कार्यहरुको फाईदा लिने दाउमा रहेका छन्। भष्ट्र ६०१ सांसदहरु भन्दा एक राजा ठिक हो की भन्ने जनतामा भ्रम परिरहेको छ जसले गर्दा नेपालको राजनिती पछाडी फर्किने हो की भन्ने खतरा बढ्दै गईरहेको छ ।
५. ब्यबस्था परिबर्तन
नेपाली जनताहरुले धेरै राजनैतिक परिबर्तनहरु देखिसकेका छन् । धेरै राजनैतिक ब्यबस्थाहरु भोगिसकेका छन् । हरेक ब्यबस्थाहरुले सतहमा केहि परिबर्तन गरे पनि जनताको आँगनसम्म पुग्न सकेन । गणतन्त्रको जन्मदाता भन्नेहरुले राष्ट्र निर्माणको खाका बनाउन नसक्दा जनताहरुबाट यो ब्यबस्थामाथी नै विस्तारी बिस्वास गुमाउदै गईरहेको छ ।

यस्तो अवस्थामा गणतन्त्र स्थायित्व नहुने त होईन भन्ने सवाल उठ्न थालिसेको छ । राजाको पुनर्स्थापनालाई सहयोग पुग्ने खतरा देखिन्छ । नेपालको राजनिती बिष्लेषण गर्न गार्हो छ । नेपालको राजनिती धेरै पल्ट बिष्लेषण भन्दा बाहीर गएर परिबर्तनहरु भएका ईतिहास छन् । हुनत जुन ब्यबस्था भए पनि जनतालाई खासै फरक नपर्ने कुरा स्वयं जनताहरुले महसुस गरिसकेको अबस्थामा आर्मी सासन वा राजसंस्थाको स्थापना भयो भने फेरी पनि गणतन्त्रको लागी आन्दोलन गर्नु पर्ने हुन्छ जसले देश आन्दोलनको भुमरीमा फस्ने र झनै पछि पर्ने खतरा कायम नै छ ।

सकारात्मक सम्भावनाहरु:
१. नयाँ शक्ति स्थापित
अहिल्यका प्रमुख दलहरु लगाएत केही साना दलहरुले समेत राज्य संचालनमा आफ्नो दर्हो उपस्थिती देखाईसकेका छन् । तर पदमा पुगेका दलका नेताहरुले राष्ट्र र नेपाली जनताको सवालमा प्रभावकारी कार्यहरु गरेको नदेखिएकोले संमृद्द नेपालको मुद्दा सहित गठन गरिएको नयाँ शक्ति स्थापित हुने सम्भावना रहेको देखिन्छ ।

राजनैतिक परिबर्तन पुर्ण भएको र अब एक मात्र मुद्दा “संमृद्द नेपाल” हुनुपर्छ र त्यसको लागी भ्रष्टचारको अन्त्य साथै प्रत्यक्ष निर्बाचित राष्ट्रपतिय प्रणालीको पक्षमा रहेको नयाँ शक्ति छोटो समयमा नै आफ्नो संगठन देश बिदेश भरी बिस्तार गर्न सफल भईसकेको छ । पुर्व अर्थमन्त्री र पन्धानमन्त्री भईसकेका डा. बाबुराम भट्टराई संग देश बिकासको स्पष्ट खाका तयार रहेको र त्यसको कार्यान्वयनको पक्षलाई हेर्न पनि अबको निर्बाचनमा नयाँ शक्तिको राम्रो नतीजा रहन सक्ने सम्भावना देखिन्छ । यदि यस्तो भएमा देशले बिकासको गति समात्ने निश्चित छ ।

२. आत्मनिर्भर तर्फ उन्मुख
पछिल्लो पुस्ताले राष्ट्रियता अलि फरक तर गहन रुपमा प्रस्तुत गरेको पाईन्छ । छिमेकी देशलाई ठुलो स्वरले गाली गरेर राष्ट्रियता हुदैन भन्ने जमात बिस्तारी बढ्दैछ । राष्ट्रियताको लागी आत्मनिर्भर हुनु पर्छ भन्ने कुरा नेपालीहरुले बुझिसकेका छन् । यो नेपालको अस्थिर राजनितीको कारण छीमेकी राष्ट्रले देखाएको ब्यबहारबाट सिकेको शिक्षा हो ।

यसले हरेक ब्यक्तीमा राष्ट्रियताको भावना र आत्मनिर्भरता तर्फ उन्मुख बनाएको छ । नेपालको सिमानामा पर्खाल लगाउने, बिदेश निती अनुसारको समन्ध छिमेकी राष्ट्र हरु संग कायम गर्ने, अन्तराष्ट्रिय कानुन बमोजिम आयात र निर्यात गर्न पाउनु पर्ने जस्ता सवालहरु यो राजनितीले जन्माउनु नै राष्ट्रलाई आत्मनिर्भरता तर्फ डोर्याउने सकारात्मक संकेत हो ।

३. राष्ट्रिय एकता
जब जब राजनैतिक संकट पर्छ वा शिर्ष नेताहरु सामुहिक रुपमा अप्प्ठ्यारोमा पर्छन् प्राकृतिक वा अप्राकृतिक गठबन्धनको रुपमा एकता गरेका उदारणहरु धेरै छन् । तर अब नेपाली राजनिती बिस्तारी परिपक्व बन्दै गईरहेको छ । अब आफ्नो ब्यक्तिगत वा पार्टीको स्वार्थमा मात्र एकता होईन राष्ट्र, राष्ट्रियता र जनताको निम्ती साथै स्थिर राजनितीको निम्ती पनि एकता गर्नु पर्छ भन्ने भावनाको बिकास भईरहेको छ । हरेक पार्टीभित्र पछिल्लो पुस्ताले यो कुरा उठाईरहेका छन् । पटक पटक बिभिन्न दुर्घटना भोग्दै बामे सर्दै गरेको नेपाली केही राजनितीक पार्टीहरु पछिल्लो समय राष्ट्र प्रति उत्तरदायी बन्दै गईरहेका छन् । यो नेपाल र नेपालीको लागी सकारात्मक संकेत हुन्सक्छ ।
४. जनचेतनाको बिकास
अब जनता नैतिक, सामाजिक, राजनैतिक रुपले अझै बढी चेतनशिल र जिम्मेवार बन्दै गईरहेका छन् । भ्रष्टचार मुक्त समाज निर्माणको सवालमा जनता सचेत बन्दै गईरहेका छन् । अस्थिर राजनितीबाट वाक्क भएका जनता अब ब्यक्ति र पार्टी भन्दा माथि उठेर राष्ट्रियताको बहस गर्ने अबस्थामा पुगिसकेका छन् । हजुरबुवा र बुवा त्यो पार्टीमा भएकोले म पनि त्यहि पार्टीमा हुनु पर्छ भन्ने भ्रम यही राजनितीले चिरीदिएको छ।

अब गाउ, समाज र सिंगो देश बिकासको निम्ती पार्टी भन्दा माथि उठेर उत्कृष्ट ब्यक्ति चयन गर्नु पर्छ भन्ने भावना बिकास भएको छ । गाउ गाउमा आफ्नो पार्टीको निम्ती बिभिन्न बादविवाद गर्ने ब्यक्तिहरु आज एकैठाउमा बसेर साझा समस्याहरुको समाधान खोजिरहेका छन् । यसले समाजिक एकताको चेतना समेत जागृत भएको स्पष्ट हुन्छ ।

५. लगानी र ब्यबसाय संगै रोजगारीको सृजना
देशमा नयाँ संबिधान जारी गरिय संगै राजनितीले गति लिने सम्भावना देखिए पछि गाऊँ देखि सहर सम्म लगानीको वातावरण बन्दै गईरहेको छ । बिदेशमा बस्ने नेपालीहरुले पनि नेपालमा नै लगानी गरी ब्यबसाय गर्ने बाताबरण सृजना हुदैछ जसले देशमा रोजगारीको अबसरहरु पनि सृजना हुने कुरा स्पष्ट देखिन्छ । कृषि, पर्यटन जस्ता झेत्रहरु ब्यबसाहिकरण तर्फ उन्मुख छन् ।

बिदेश बसेका केही नेपालीहरु सधैका लागी नेपाल फर्रेर लगानी गरी ब्यबसाय गर्न सुरु गरिसकेका छन् भने केही फर्किने तरखरमा छन् । बिदेशमा नै बसेर पनि नेपालमा ब्यबसाय चलाउनेको संख्या बढ्दै जानुले पनि संमृद्दिको सकारात्मक संकेत देखाउछ ।

अब देश बनाउने ज़िम्मा हरेक ब्यक्तिको काधमा छ । अबको राष्ट्रियता समृद्दिसग गासिएको छ । त्यसैले हरेक ब्यक्ति जिम्मेवार बनि भ्रष्टचारको अन्त्य गर्दै नयाँ संमृद्द नेपालको निम्ती उठ्न जरुरी छ । यो राजनैतिक परिबर्तनले दिएका उपलब्धिहरुको रक्षा गर्दै देशलाई संमृद्दिको बाटोमा यो बेला पनि डोर्याउन सकिएन भने देशले अझै ठुला ठुला दुर्घटनाहरु बेहोर्नु पर्ने हुनसक्छ । त्यसैले सबै पक्ष बेलैमा सजग र जिम्मेवार बन्न जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: