×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको आन्दोलन किन ? भ्रष्टाचारीहरुलाई खबरदारी गर्न !

PRIME CA
GLOBAL IME BANK

लगानीकर्ताको आन्दोलन किन ? भ्रष्टाचारीहरुलाई खबरदारी गर्न !

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • प्रमोद केसी 

कुर्सीमा बसेका भ्रष्ट हरुले राजीनामा नगरेसम्म हाम्रो धर्ना र आन्दोलन  रोकिने छैन हजुर । हामी जेल जान त के स्वर्ग जान पनि तयार छौ साथीहरु । हे दलालहरु, होसियार तिम्रा दिनगन्ति भोलिबाट सुरु भयो । भन तिमीले  कसको कति पैसा खाएका छौ ? 

मेरो प्रश्न कुर्सीमा बसेका अन्धाहरुलाई !
१ के नेपाली जनता आँखा देख्दैनन् ? 
२.कति रकम ब्रोकरबाट लिएर बैंकलाई कारोबारबाट बन्द गर्नु भयो त ?
३.किन रोक्नु भयो Online System ? कि यो सिस्टम ले ब्रोकर को रोजी रोटि सकिन्छ भने  हो कि ?
४ भनुस हजुर तपाई ब्रोकर रोजीरोटिको ठेक्का लिनलाई नेप्सेमा काम गर्नु भएको ?
५ हेर्नुस तपाईलाई पनि लाखौ जनाले कालोमोसो दल्ने छन् लोकमानलाई जस्तै ?
६ लोकमान को त नेपाली जनता लाई हराउन सकेन् तपाई त को हो र ?
पछिल्लो समयमा लगानीकर्तालाई सबैभन्दा ठुलो खतरा नेप्से र ब्रोकरबाट छ । अब अनेक नाटक अनि मिडियाबाजी हुनेछ, राजनिती हुनेछ , साधारण लगानिकार्ताको छातीमा नाङो ताण्डब नृत्य हुनेछ । यो अवस्थामा हामिले अन्तिम लडाईं नलड्ने हो भने हाम्रो अस्तित्व मेटिनेछ अनि नेप्से १२०० त के ६०० नै आए पनि हामिले लाचार भएर तीन डिजिटको गएगुज्रीएको परिसुचकलाई स्विकार्नै पर्नेछ। अन्त:त बजार बढ्दा अनि घट्दा हार्ने भनेका हामीनै हुनेछौं !
आदरणीय समस्त लगानीकर्ता साथीहरु, आजको दिनमा कुर्सीमा बसेका केहि भ्रष्टहरुको मिलेमतोमा बैंकलाइ लाईसेन्स दिने , ब्रोकर कमिसन घटाउने, अनलाईन कारोबार सुरुवात गर्ने जस्ता कार्यलाई डेड्लक गरी लगानिकर्ताको रगत पसिनाम होली खेल्ने यस्ता रक्त पिपासु बिरुद्द अब सिधा- सिधा भिड्ने अवस्था आएको छ । यस परीस्थितिको सामना गर्न तयारी अवस्थामा रहनु होला । सम्बन्धित सबैलाई खबरदारी गरौँ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: